एजेन्सी / फ्रान्सेली फरवर्ड केलियन एम्बापे आगामी ३ वर्षका लागि पेरिस सेन्ट जर्मन (पीएसजी) मै रहने भएका छन् । लामो समयदेखि एम्पाबे रियल मड्रिड जाने चर्चा चले पनि उनले पीएसजीमै रहने निर्णय गरेका हुन् । 

एम्पाबेले पीएसजीरियलमध्ये कुन टोलीलाई रोज्न भनेर दुवै क्लब नै अनविज्ञ थिए । उता रियलले भने क्रिस्टियानो रोनाल्डोले छाडेपछि ठूला खेलाडीलाई क्लबमा भित्राउन सकेको छैन । 
स्पेनिस क्लबले २० करोड युरोसम्म एम्बाप्पेलाई तिर्न तयार भएको थियो । तर एम्वापेले आगामी सन् २०२५ सम्म लिग वान क्लबमा नै रहने निर्णय गरेका हुन् । 
एम्बापेले क्लबसँग सम्झौता गर्दै भने, ‘मैले पीएसजीमै रहने निर्णय गरे । क्लबले मलाई चाहिने सबै खालको सुविधा दिने भएपछि म क्लबमा नै रहने निर्णय गरेको हो । म फ्रान्समा नै खेल्न चाहन्छु, जहाँ म जन्मे,  हुर्के र जहाँ आफ्नो नाम बनाए । 
सन् २०१७ मा पीएसजीसँग जोडिएका एम्बापेले क्लबबाट १ सय ६८ गोल गरेका छन् ।’