काठमाडौँ / नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कपको तेस्रो चरणको छनोटका लागि नेपाली टिमको घोषणा गरेका छन् ।

प्रशिक्षक अलमुताइरीले घोषणा गरेको टोलीमा गोल रक्षकमा दिप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा रहेका छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै डिफेन्डरमा विकाश खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल रहेका छन् भने मिडफिल्डरमा  आकाश बुढा मगर, एरिक विष्ट, निर कुमार राई, पुनज उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आन्गदेम्बे, सुनिल बल र सुरज ज्यू ठकुरी रहेका छन् । 

त्यसैगरी अलमुताइरीले फरवार्डमा आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठलाई छनोट गरेका छन् । 

यसैबीच प्रशिक्षक अलमुताइरीले प्रशिक्षण छाड्न दवाव दिएका भन्दै बन्द प्रशिक्षण छाडेका खेलाडीहरुलाई भने समावेश गरिएको छैन् ।

छनोट अन्तर्गत नेपाल समूह ‘ए’ मा आयोजक कुवेत, जोर्डन र इन्डोनेसियासँगै रहेको छ । नेपालले पहिलो खेलमा जोर्डनविरुद्ध जुन ८, दोस्रो खेलमा आयोजक कुवेतसँग जुन ११ तथा अन्तिम खेल इन्डोनेसियाविरुद्ध जुन १४ मा खेल्ने तालिका रहेको छ ।