काठमाडौँ / नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन्।

चौधरी मंगलबार बिहान मृत फेला परेकी नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

श्रेष्ठका अनुसार एसियाली खेलकुदको तयारीमा रहेकी चौधरी ललितपुरको महालक्ष्मी नगरपालिका –८ स्थित लुभुमा भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । 

अघिल्लो दिन मात्र उनी आफ्नो प्रशिक्षकको घरमा भोज खान गएकी र त्यहीँ बसेकी बताइएको छ । नेपालगञ्जकी सञ्जु एसियाली खेलकुदको तयारीका लागि काठमाडौं आएकी थिइन् ।

उनले दुई वर्ष अगाडि भएको दक्षिण एसियाली खेलकुदमा ५९ केजी तौल समूहमा स्वर्ण जितेकी थिइन् । उनलाई नेपाली भारोत्तोलन पाएका महिला खेलाडीहरूमा सबैभन्दा उत्कृष्टमध्ये एक मानिन्छ ।

प्रहरीका अनुसार सञ्जु सुतेको ढोकामा भित्रबाट चुकुल लगाइएको थियो भने झ्यालमा ग्रिल लगाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।