खेलकुद

    Showing 1,211-1,220 of 1,313 items.
  • क्रिकेटर पारस खड्काले लिए अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास

    काठमाडौं // नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास लिने निर्णय गरेका छन्।क्रिकेटर खड्काले आज बिहानै सामाजिक संजालमा आफ्नो लिखित भनाइ सार्वजनिक गर्दै  संन्यास लिने निर्णय गरेको जानकारी गराएका हुन्।उनले नेपालको लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि रहेको बताउँदै २००२ मा १५ वर्षको हुँदा शुरु गरेको क्रिकेट यात्रामा साथ,सहयोग ,समर्थन ,माया र हौसल्ला दिने सबैप्रति आभार व्यक्त गरेका छन् ।अन्तराष्ट्रिय क्रिकेटरको रुपमा आफ्नो यात्रा टुङ्गिएको बताएका खड्काले सन्यास लिनुको कारण भने खुलाएका छैनन् ।

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 302 पटक पढिएको
  • नेपालकी सन्दीपा सहित तीन खेलाडीलाई स्वर्ण पदक

    काठमाडौँ / डिजी एशियन तेक्वान्दो ओपन अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालकी सन्दीपा सहित तीन खेलाडीले स्वर्ण पदक जितेका छन् ।डिजी तेक्वान्दो फिलिपिन्स र ओङ तेक्वान्दो युएसको संयुक्त आयोजनामा सम्पन्न च्याम्पियनसिपमा सन्दीपाले अमगाईंले अमेरिकाको सानोन मास्देनलाई हराउँदै स्वर्ण पदक प्राप्त गरेकी हुन् । महिला १८–३० वर्षमुनि उमेर समूहमा सन्दीपाले ५.५०० अंक प्राप्त गर्दा सानोनले ५.४०० अंक प्राप्त गरेकी थिइन्। सञ्जीवले अमेरिकाका क्लिभ कोल्लाडोलाई हराउँदै स्वर्ण पदक जितेका हुन् । पुरुष तर्फ ३०-४० वर्ष उमेर समूहको पुम्सेमा सञ्जीवले ५.४३३ अंक प्राप्त गर्दा क्लिभले ४.४८३ अंक जोडेका थिए । नेपालकै प्

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 104 पटक पढिएको
  • अलमुताइरीलाई राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण दिनबाट रोक

    काठमाडौं // एन्फाले अब्दुल्ला अलमुताइरीलाई राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण दिनबाट रोक लगाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले  राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायलाई आइतबार पत्र लेख्दै अर्को निर्णय नभएसम्मका लागि अलमुताइरीलाई प्रशिक्षण दिनबाट रोक लगाएको हो। शुक्रबार बसेको एन्फा केन्द्रिय कार्यसमितिको आपतकालीन बैठकले अलमुताइरी र एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङबीचको विवादका विषयमा छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार  मन्त्रालयलाई पनि पत्र लेखिएको र विवादपछि मात्रै एन्फाले अर्को निर्णय लिने प्रवक्ता किरण

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 191 पटक पढिएको
  • १ सय मिटरको एउटा दौड जसका तिन वटै पदक एउटै देशलाई

      एजेन्सी //१ सय मिटरको एउटा दौड जसका स्वर्ण ,रजक र कास्य अरु देशले पाउन सकेनन्। जारी  ओलम्पिकमा सय मिटर दौडमा  तिन वटै पदक जमैकाले पाएको छ। इलानी थम्पसन हेराले आफ्नै देशकी सेली एन फ्रासर प्राइसलाई पछि पार्दै ओलम्पिकमा १ सय मिटर दौडको स्वर्ण जितेकी छिन् ।२९ वर्षीया थम्पसनले  १० दशमलव ६१ सेकेन्डमा दौड पूरा गरिन् । जमैकाकी यी धाविकाले २०१६ को रियो ओलम्पिकमा पनि यो स्वर्ण जितेकी थिइन् ।  १ सय मिटरतर्फको विश्व कीर्तिमान नजिक पुगे पनि उनी त्यसलाई बराबरी गर्न भने ० दशमलव १२ सेकेन्डले चुकेकी थिइन् । १ सय मिटरतर्फ ओलम्पिकमा जमैकाकै सेरिका ज्याक्सनले कास्य ज

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 237 पटक पढिएको
  • टोकियो ओलम्पिकमा चीन शीर्ष स्थानमै

    बिर्तामोड / विश्व खेलकुदको कुम्भमेला ३२ औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक –२०२०) को छैटौँ दिनको खेल सकिदाँ चीन पदक तालिकाको शीर्षस्थानमा कायम छ ।सुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहेको थियो । चीनले बिहीबार ५ स्वर्ण जित्दै शीर्ष स्थानमा पुनरागमन गरेको छ । १५ स्वर्ण जितेर जापान पदक तालिकामा दोस्रो स्थानमा छ । चीनले बिहीबारसम्म १७ स्वर्ण, ८ रजत र ११ कास्य गरी कुल ३६ पदक जितेको छ ।जापानले १५ स्वर्ण, ४ रजत र ७ कास्यसहित २६ पदक जितेको छ । १४ स्वर्ण, १६ रजत र ११ कास्य गरी कुल ४१ पदक जितेको अमेरिका तेस्रो स्थानमा छ । रसियन ख

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 229 पटक पढिएको
  • टोकियो ओलम्पिक :प्रारम्भिक चरणबाटै बाहिरिन नेपाली खेलाडी चौधरी

    काठमाडौ / जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत एथ्लेटिक्स खेलमा नेपाली खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बहिरिएकी छिन् । महिलाको १०० मिटर दौडमा प्रतिस्पर्धामा प्रारम्भिक चरणबाटै बाहिरिएकी उनले निर्धारित दूरी १२ः९१ सेकेण्डमा पूरा गरिन् । दोस्रो हिटमा रहेकी सरस्वती आफ्नो हिटमा आठौँ स्थानमा रहिन् । यस हिटमा नौ खेलाडीले सहभागिता जनाएका थिए । सरस्वतीले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार गर्न सकिनन् । यस प्रतिस्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२.५५ सकेन्ड रहेको छ । यस्तै यस प्रतिस्पर्धामा देवीमाया पनेरुको नाममा राष्ट्रिय कीर्तिमान कायम भएकोे छ । सन् १९९९ को सा

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 126 पटक पढिएको
  • टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

    काठमाडौँ / जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो ।  अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक प्राप्त गरेको छ । चीन दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । चीनले १३ स्वर्ण, छ रजत र नौ कास्य पदक प्राप्त गरेको छ भने जापानले १३ स्वर्ण, चार रजत र पाँच कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै सात स्वर्ण, ११ रजत र सात कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ । यसैगरी अस्ट्रेलिया सात स्वर्ण, दुई र

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 191 पटक पढिएको
  • गौरिकाले तोडिन आफ्नै कीर्तिमान

    बिर्तामोड / नेपालकी पौडीबाज गौरिका सिंहले टोकियो ओलम्पिकमा आफ्नै कीर्तिमान तोडेकी छिन् । जापानमा जारी ३२ औँ ओलम्पिकमा गौरिकाले आफ्नै कीर्तिमान तोडेकी हुन् । एक्युटिक सेन्टरमा बुधबार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।  हिट चरणमा गौरिकाले १ः०० बजेर ११ सेकेन्डमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् । ५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् ।यसअघि गौरिकाको नाममा १ः००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 288 पटक पढिएको
  • वेष्टइन्डिज विरुद्धको ओडिआई सिरिज अष्ट्रेलियाले जित्यो

    काठमाडौँ / वेष्टइन्डिज विरुद्धको तीन खेलको ओडिआई सिरिज अष्ट्रेलियाले  २-१ ले जितेको छ । अष्ट्रेलियाले तेस्रो तथा निर्णायक खेल ६ विकेटले जित्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।पहिलो ओडिआई अष्ट्रेलियाले १३३ रनले जितेको अष्ट्रेलियाले दोस्रो ओडिआई वेष्ट इन्डिजले ४ विकेटले जितेको थियो । ब्रिजटाउनमा भएको खेलमा वेष्टइन्डिजले दिएको १५३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ३०.३ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । अष्ट्रेलियाका लागि म्याथ्यु वेडले अर्धशतक प्रहार गरे । उनले ५२ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा अविजित ५१ रन बनाए । यस्तै कप्तान एलेक्स केरीले ३५ र मिचेल मार्सले २९ रन योगदान गरे । एस्

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 452 पटक पढिएको
  • सागका विजेता खेलाडी नगदसहित सम्मानित

    काठमाडौँ / नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्स खेलका पदक विजेता खेलाडी आज नगदसहित सम्मानित भएका छन् ।नेपाल एथलेटिक्स सङ्घद्वारा आज आयोजित कार्यक्रममा एथ्लेटिक्सका आठ  पदकधारी तथा खेलाडी सम्मानित भएको हो । १३औँ सागअन्तर्गत एथ्लेटिक्समा नेपालले तीन स्वर्णसहित कूल आठ पदक जितेको थियो ।सागमा सन्तोषी श्रेष्ठ, गोपीचन्द्र पार्की र किरणसिंह बोगटीले नेपाललाई स्वर्णपदक दिलाएका थिए । सन्तोषीले १० हजार मिटर, गोपीचन्द्र्रीले पाँच हजार मिटर र किरणले म्याराथनमा स्वर्ण जितेका थिए ।महिलाको म्याराथनमा पुष्पा भण्डारीले रजत जितेका थिए । त्यस्तै सोमबहादुर कुमालले आठ सय मिटर

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 123 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा