बिर्तामोड / झापा भेट्रान्स फुटबल क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनलमा झापाले एफई खुमलटार भेट्रान्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । झापालाई उपाधि दिलाउन दुबै गोल श्याम कुमार गोलले गरे । खुमलटारका लागि एकमात्र गोल कप्तान नरेन्द्र लामाले गरेका थिए । प्रतियोगिताको विजेता झापाले ५ लाख तथा उपविजेता खुमलटारले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।लिगकम नकआउट प्रणालीमा खेलाएको प्रतियोगितामा २१ टिम सहभागी थिए ।
काठमाडौं / राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा विष्णु कुमार ढकाल नियुक्त भएका छन् ।युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमिक्त सचिव डा. कमल प्रसाद पोखरेलले जानकारी दिए ।युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा कात्र्तिक १६ गते (मंगलबार) बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको पोखरेलले बताए ।
काठमाडौँ / इंग्ल्यान्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । इंग्ल्यान्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनायो । जितसँगै समूह १ मा रहेको इंग्ल्यान्डले ४ खेलमा ८ अंक जोडेको छ । समूहको शीर्ष स्थानमा रहेको इंग्ल्यान्ड सेमिफाइनल पुग्ने पहिलो टिम समेत बनेको छ । अपराजित रहेको इंग्ल्यान्डले एक खेल अगाबै सेमिफाइनलमा स्थान बनाएको हो ।यसअघि इंग्ल्यान्डले वेस्ट इन्डिज, बंगलादेश र अष्ट्रेलियालाई हराएको थियो । श्रीलंकाको भने
अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले क्याटालान टोलीसँग २१ वर्ष बिताउँदै आफूलाई विश्वकै उत्कृष्ट खेलाडीका रुपमा स्थापित गर्न सफल भएका थिए । तर, क्लबले नयाँ करार दिन असमर्थ भएपछि यो सिजन ३४ वर्षीय खेलाडी बार्सा छाड्न बाध्य भएका थिए ।मेस्सीले फुटबल सन्यास लिएपछि प्राविधिक सेक्रेटरीको पदमा बार्सिलोनामै फर्किएर क्लबलाई सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् ।हाल पेरिस सेन्ट जर्मेनमा रहेका मेस्सीको मन भने अझै क्याम्प नाउमा रहेको देखिएको छ । आफ्नो करियर अन्त्य भएपछि उनले कुनै न कुनै रुपमा बार्सामा नै फर्किने योजना पनि बनाउन सुरु गरिसकेका छन् । स्पोर्टसँगको अन्तरवार्तामा मेस्सीलाई ‘कुनै दिन बा
बिर्तामोड / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ ।आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो । वरियतामा इङ्ग्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । त्यसैगरी भारत तेस्रो, न्यूजिल्याण्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् ।
काठमाडौं / एएफसी यु –२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज (आइतबार) लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । खेल रिपब्लिकन सेन्ट्रल स्टेडियममा दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।नेपाल र लेबनान दुवै प्रतियोगिताबाट बाहिरिसकेको टोली हुन् । प्रतियोगितामा नेपालले यसअघि २ खेल खेलिसकेको छ ।नेपाल पहिलो खेलमा इरानसँग ४–० ले र दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोलले पराजित भएको थियो । उक्त जितसँगै ताजिकिस्तान अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने नेपाल नेपाल अङ्क तालिकाको अन्तिममा रहेको छ ।
बिर्तामोड / पाकिस्तानले आईसीसी टी–२० विश्वकपमा लगातार तेस्रो जित हात पारेको छ । शुक्रबार भएको सुपर १२ को समूह २ को खेलमा पाकिस्तानले अफगानिस्तानलाई पाँच विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको हो । जितका लागि १४८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभरमा ५ विकेटको क्षतिमा १४८ रन बनाएको हो । पाकिस्तानको जितमा ओपनर तथा कप्तान बाबर आजमले सर्वाधिक ५१ रनको योगदान दिए । आसिफ अली २५ रनमा अविजित रहे । अफगानिस्तानका राशिद खानले ४ ओभरमा २ विकेट लिए । मुजिब उर रहमान र मोहम्मद नाबी र नविन उल हकले समान १–१ विकेट लिए ।यसअघि आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित
मोरङ / चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कपमा रोलिङ क्लब झापाले दोस्रो चरणमा प्रवेश पाएको छ ।उसले स्पर्धी च्यासल फुटबल क्लब काठमाडौलाई पाखा लगाउँदै पहिलो हापको १२ औं मिनेटमा गोल गरेको थियो । खेलमा रुपेस वर्तौलाको पासमा सुशन लामाले गोल गरेका थिए ।दोस्रो हाफको २२ औ मिनेटमा झापाको तर्फबाट विदेशी खेलाडी हेन्थी वेलेले गोल गरि खेललाई ट्राइबेकर पुर्याए । ट्राईबेकरमा चार तीन गोल अन्तरले काठमाडौंलाई झापाले बाहिरायो ।झापाका मार्टिन सिलो, जोन जुरु, वविन बोहरा र पेमा तामाङले गोल गरे भने च्यासल युथ क्लबका तर्फबाट अजित गुरुङ, मौसुवा अवगना र केट्हा यानिकले गोल फर्काएका थिए । खेलको म्यान अफ दि म्याच
काठमाडौं / अष्ट्रेलियाले श्रीलंकालाई पराजित गर्दै आईसीसी टी–२० विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । सुपर १२ अन्तर्गत बिहीबार भएको ग्रुप ‘ए’को खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो । लगातार दोस्रो जितपछि अष्ट्रेलिया २ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ । वार्नरले अर्धशतक बनाएपछि अष्ट्रेलियाले १५५ रनको लक्ष्य १७ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्यो । वार्नरले ४२ बल खेल्दै १० चौका मद्दतमा ६५ रन बनाए ।पहिलो विकेटका लागि वार्नर र कप्तान आरोन फिन्चले ७० रनको साझेदारी गर्दै अष्ट्रेलियालाई राम्रो सुरुवात दिलाएका थिए । फिन्चले २३ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ३७ र
उर्लाबारी / मोरङको लेटाङमा लेटाङ भलिबल क्लबले प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता २०७८ को आयोजना गर्ने भएको छ । लेटाङ क्लबले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी खेलका विषयमा जानकारी गराएको हो। उक्त प्रतियोगिता कात्तिक १४ देखि १६ गते सम्म लेटाङ भलिबल क्लबको कोर्टमा हुनेछ । प्रतियोगितामा प्रदेश १ का १२ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका विजेतालाई एक लाख एक हजार नगद सहित मेयर कप, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ, भने उपविजेतालाई ५१ हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ। लेटाङ नगरपालिकाको दुई लाख २५ हजार रुपियाँ आर्थिक सहयोगमा प्रतियोगितालाई चौधरी ग्रुपले प्रायोजन गर्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.