काठमाडौं / रियल मड्रिडले च्याम्पियन्स लिगमा कीर्तिमानी १४ औं उपाधि जितेको छ । 

शनिबार राति फ्रान्सको राजधानी पेरिसमा भएको खेलमा चार वर्ष अघिको फाइनलमा निकालेको नतिजालाई दोहोर्याउँदै उपाधि जितेको हो । 

OM Sai Pathibhara Hospital

युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा चार वर्षअघि २०१८ मा पनि रियलले फाइनलमा लिभरपुललाई ३–१ को नतिजामा निराश पारेको थियो । 

पाँच सिजनमा तेस्रो पटक च्याम्पियन्स लिग फाइनल खेलिरहेको लिभरपुललाई अर्को एउटा निराशा चखाउने क्रममा रियलले गए राति पेरिसमा १–० को विजयी नतिजा निकाल्यो ।
 
५९औं मिनेटमा फेडेरिको भाल्भेर्डेको क्रसलाई गोलमा परिणत गर्दै भिनिसियर जुनियरले रियलको जितको कथा रचेका थिए । भिनिसियर जुनियरको जारी सिजनको च्याम्पियन्स लिगमा यो चौथो गोल हो । 
 
च्याम्पियन्स लिग फाइनलमा गोल गर्ने सन २००० यता जन्मिएको पहिलो खेलाडी बन्ने कीर्तिमान पनि भिनिसियर जुनियरले यो गोलसँगै आफ्नो नाममा लेखाए ।