झापा / नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्‍याइएको छ । 

आरोहीद्धय फुरा छिरिङ शेर्पा र निग्मा टासी शेर्पाले मे ७ मा उनीहरूको जर्सी सगरमाथाको शिखरमा पुर्याएका हुन् । 

OM Sai Pathibhara Hospital

पारस र ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय खेलका क्रममा लगाएको जर्सीलाई सगरमाथाको शिखरमा पुर्‍याइएको जनाइएको छ। नेपाली क्रिकेटमा लामो समय खेलेका सफल कप्तान पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिसकेका छन् । यता ज्ञानेन्द्र मल्ल पछिल्लो टिममा परेका छैनन् ।

हिजो (मंगलबार) काठमाडौं आइपुगेका आरोहीले केही दिनभित्रै उक्त जर्सी पारस र ज्ञानेन्द्रलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।