काठमाडौँ / आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज शनिबार युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको यूकेएम ओभलमा नेपालले दोस्रो खेलमा युएईको सामना गर्न लागेको हो । नेपाल र युएईबीचको खेल बिहान ११ बजे सुरु हुनेछ ।

OM Sai Pathibhara Hospital

आज नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । शुक्रबार नेपालले कतारलाई ७९ रनले हराएको थियो। युएई पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा युएईले भुटानलाई १ सय ६० रनले हराएको थियो ।