काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक कमिटीले यू–२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ ।

आसन्न एएफसी यू–२० एसियन कप छनोटका लागि एन्फाले केसीलाई टिमको जिम्मेबारी दिने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

केसीले सेप्टेम्बरमा हुने प्रतियोगिताका लागि छिट्टै प्रशिक्षण सुरु गर्ने बताएका छन् । एन्फाले यू–२० फुटबल खेलाडी छनोटका लागि जेठ २० गतेको सूचना जारी गरेको थियो ।

सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुने छनोट प्रतियोगितामा नेपालले कतार, बहराइन, बंगलादेश र भुटानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

१० वटा समूहमा विभाजन गरी छनोट प्रतियोगिता सञ्चालन गरिएको छ । हरेक समूहको शीर्ष स्थानमा रहने टिम र उत्कृष्ट उपविजेता मध्येबाट ५ टिमले उज्वेकिस्तानमा सन् २०२३ मा हुने यू–२० एसियन कप खेल्नेछन् ।