एजेन्सी / फरवार्ड सादियो माने सेनेगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । अफ्रिका कप अफ नेसन्सको छनोटअन्तर्गत बेनिनविरुद्ध ह्याट्रिक पूरा गर्दै उनी सर्वाधिक गोलकर्ता बनेका हुन् ।

२९ वर्षीय मानेले राष्ट्रका लागि ९० खेलमा ३२ गोल पूरा गर्दै यो कीर्तिमान कायम गरे । योसँगै उनले हेनरी कामराको नाममा रहेको २९ गोलको कीर्तिमान तोडेका हुन् ।
इंग्लिस क्लब लिभरपुलबाट व्यावसायिक फुटबल खेल्दै आएका मानेले सन् २०१२ मा सेनेगलका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।