काठमाडौँ / क्यान राष्ट्रिय सम्झौतामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुरुष खेलाडीहरूको तलब १० हजारका दरले बढेको छ ।  क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड सी मा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ५ हजार, बी र ए ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजारले बढाएको छ ।

त्यसै गरी, सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक  ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक ५ हजारले वृद्धि गरेको छ । त्रिवि क्रिकेट मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गरिएको छ ।