धर्म/संस्कृति

    Showing ७०१-७१० of ९७९ items.
  • आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन

    काठमाण्डौ  ।   प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् ।शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।यसै अवसरमा छोराछोरी परम्पराअनुसार आआफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्।

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • ५२४ पटक पढिएको
  • भव्य रूपमा मनाइँदै राधाकृष्ण रथयात्रा, कोशी प्रदेशमा बिदा

    काठमाडौं– विराटनगरमा ऐतिहासिक राधाकृष्ण आज रथयात्रा निकालिने भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने यो रथयात्राको ९३ औँ संस्करण हो । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे सुरु हुने रथयात्रा विराटनगर बजार क्षेत्रको करिब ८ किलोमिटरको परिक्रमा गरी पुनः मन्दिर परिसरमा आएर समापन हुनेछ । लाखौँ भक्तजन उपस्थिति रहने रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ठूलो मानिन्छ । कोशी प्रदेश सरकारले यस वर्षको राधाकृष्ण रथयात्राका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ । रथयात्राका अवसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । विराटनगरमा विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भए

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • ४६६ पटक पढिएको
  • आज श्रीकृष्ण जन्माष्टमी धुमधामका साथ मनाइँदै

    काठमाडौँ–आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व मनाइरहेका छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी भनिन्छ ।देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन भइरहेको छ । भक्तजनहरू व्रत बसी रातभर जाग्राम बसेर भगवानको पूजा आराधना गर्छन् ।पौराणिक ग्रन्थअनुसार श्रीकृष्णले अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गरेका थिए । उहाँले सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।काठमाडौँको पाटन,

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • ७२१ पटक पढिएको
  • भगवती जात्रामा सार्वजनिक बिदा (सूचनासहित)

    काठमाडौं–लुम्बिनी प्रदेश सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै पाल्पा जिल्लामा मनाइने भगवती जात्राको अवसरमा जिल्लाभर बिदा दिएको जानकारी गराएको हो । आगामी भदौ ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना प्रकाशित गरिएको छ । सार्वजनिक बिदासम्बन्धी सूचना हेर्नुहोस्

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • ४५८ पटक पढिएको
  • नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना

    काठमाडौं- नेपाली तीर्थयात्री सवार बस भारत बिहारको समस्तीपुरमा दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। ४३ जना सवार  ना ७ ख ६४४६ नम्बरको नेपाली तीर्थयात्री सवार बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करले बस अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दुर्घटनामा परी घाइते भएकामध्ये  पाँच जनाको अवस्था गम्भीर छ । घाइतेको मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा उपचार भइरहेको छ । सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।यसअघि भारतको गो

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • ५०४ पटक पढिएको
  • गौरा पर्वको रौनक सुरु

    काठमाडौं— सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ ।  तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी  त्यसभित्र पञ्च अन्न (मास, कलौँ, गहत, गहुँ र गुरुस) भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको ब

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • ५०७ पटक पढिएको
  • यो वर्षको गौरा पर्व भदौ १० गतेदेखि

    काठमाडौं— सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष यही भदाै १० गते सोमवारका दिन मनाइने अठोला पञ्चाङ्गले जनाएको छ ।अठोला पञ्चाङ्गका पञ्चाङ्गकार डिल्लीराज जोशीद्वारा हस्ताक्षरित सोमवार जारी विज्ञप्तिमा यसपालि गौरा पुजन भाद्र कृष्णपक्षमा रहेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कृष्णपक्षमा पुजिने गौरालाई अँधेरी वा काली गौरा भनिन्छ ।’अठोला पञ्चाङ्गका अनुसार भदौ ८ गते बिरुडा पञ्चमी, ९ गते षष्ठि तिथि, बिरुडा धुने, नोलाको गौरा, गौरा सप्तमी, अमुक्ताभरण सप्तमी र भित्री गौरा रहेको तथा १० गते अठेवाली अर्थात् गौरा पर्व मनाइनेछ । भदौ ११ गतेपछि आ–आफ्नो अनुकूलता अनुरूप गौरा सेलाउने चलन रहेको जनाइएक

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • ४५३ पटक पढिएको
  • खोकनामा रुद्रायणी जात्रा सुरु

    काठमाडौ- काठमाडौं उपत्यकाको नेवारी समुदायको चाडपर्वको केन्द्र मानिने खोकनामा रुद्रायणी जात्रा सुरु भएको छ ।खोकनामा रहेकी रुद्रायणीलाई सिकाली चौरमा लगेर तान्त्रिक विधि अनुसार पूजा गर्ने चलन रहेको छ । खोकनाको मन्दिरमा पूणर्िमाको दिन(हिजो) विशेष पूजा गरेर रुद्रायणीलाई जात्राको लागि तयार गरिन्छ । यसपछि सिकाली चौरमा लगिएको रुद्रायणीलाई खोकनाका विभिन्न पाटीहरुमा दर्शन र पूजाका लागि ल्याइन्छ । पौराणिक कालमा रुद्रायणीको पूजा र जात्रा महिना दिनसम्म चल्ने भएपनि यसलाई छोट्याएर अहिले ३ दिनमा सारिएको हो । यस समयको पूजालाई नेवारी समुदायले ‘घँज्या’ भन्दछन् । भोलि फर्सि र काँक्रोको पूजा गर्दै य

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • २९६ पटक पढिएको
  • आज गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

    काठमाण्डौ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • ७८७ पटक पढिएको
  • आज जनै पूर्णिमा अर्थात रक्षा बन्धन पर्व, जनै लगाउने शुभ साईत कुन समय ?

    काठमाण्डौ  । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ।मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण प

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • ६७४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.