काठमाडौं- नेपाली तीर्थयात्री सवार बस भारत बिहारको समस्तीपुरमा दुर्घटना हुँदा ३० जना घाइते भएका छन्।

४३ जना सवार  ना ७ ख ६४४६ नम्बरको नेपाली तीर्थयात्री सवार बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको थियो ।

OM Sai Pathibhara Hospital

india-bihar-accident

ट्रकको ठक्करले बस अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दुर्घटनामा परी घाइते भएकामध्ये  पाँच जनाको अवस्था गम्भीर छ । घाइतेको मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा उपचार भइरहेको छ । 

सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

Nepali-Bus-Accident-at-Bihar-Samastipur

यसअघि भारतको गोरखपुरबाट नेपाल आएको भारतीय तीर्थयात्री सवार बस तनहुँको आबुखैरेनीमा दुर्घटना हुँदा २७ जनाको ज्यान गएको थियो ।