काठमाडौ- काठमाडौं उपत्यकाको नेवारी समुदायको चाडपर्वको केन्द्र मानिने खोकनामा रुद्रायणी जात्रा सुरु भएको छ ।

खोकनामा रहेकी रुद्रायणीलाई सिकाली चौरमा लगेर तान्त्रिक विधि अनुसार पूजा गर्ने चलन रहेको छ । 

OM Sai Pathibhara Hospital

खोकनाको मन्दिरमा पूणर्िमाको दिन(हिजो) विशेष पूजा गरेर रुद्रायणीलाई जात्राको लागि तयार गरिन्छ । यसपछि सिकाली चौरमा लगिएको रुद्रायणीलाई खोकनाका विभिन्न पाटीहरुमा दर्शन र पूजाका लागि ल्याइन्छ । 

पौराणिक कालमा रुद्रायणीको पूजा र जात्रा महिना दिनसम्म चल्ने भएपनि यसलाई छोट्याएर अहिले ३ दिनमा सारिएको हो । यस समयको पूजालाई नेवारी समुदायले ‘घँज्या’ भन्दछन् । 

भोलि फर्सि र काँक्रोको पूजा गर्दै यो जात्रा समापन गरिन्छ । यो जात्रामा विशेषगरी फलफुल दान गर्ने चलन छ ।