काठमाडौं– विराटनगरमा ऐतिहासिक राधाकृष्ण आज रथयात्रा निकालिने भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने यो रथयात्राको ९३ औँ संस्करण हो ।

विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे सुरु हुने रथयात्रा विराटनगर बजार क्षेत्रको करिब ८ किलोमिटरको परिक्रमा गरी पुनः मन्दिर परिसरमा आएर समापन हुनेछ । लाखौँ भक्तजन उपस्थिति रहने रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ठूलो मानिन्छ ।

OM Sai Pathibhara Hospital

कोशी प्रदेश सरकारले यस वर्षको राधाकृष्ण रथयात्राका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ । रथयात्राका अवसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विराटनगरमा विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको थियो । २०२५ सालयता खटसँगै रथयात्रा निकालिंदै आएको छ । विराटनगरको राधाकृष्ण रथयात्रा धार्मिक तथा सांस्कृतिक पर्व मात्र नभई यसले सामाजिक एकतालाई पनि प्रवर्द्धन गर्दछ ।