धर्म/संस्कृति

    Showing ६८१-६९० of ९७९ items.
  • हनुमान ढोकास्थित दशैंघरमा जमरा राखियो

    काठमाडौं– नेपालीहरूको महान् चाड बडा दसैं आजबाट सुरु भएको छ। यस अवसरमा काठमाडौंको हनुमान ढोकास्थित दशैंघरमा विधिवत् जमरा राखिएको छ। नेपाली सेनाको एक टुकडीले बन्दुक पड्काएर हर्ष बढाएको थियो भने शङ्ख, घण्टा र डमरु बजाएर दुर्गा भगवतीको पूजा गरिएको थियो। दसैंको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौको, मकै र धानको जमरा राखिन्छ। घटस्थापनाका दिन पूजा कोठामा घडामा जलभरि माथिपटि आँप, चाप र वरपिपलको पात राख्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान घटस्थापनाको साइत ९:१६ मिनेट निर्धारण गरेको थियो। घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ। आज स्थापना

    • प्रकाशित मितिः असोज १७, २०८१
    • ६७९ पटक पढिएको
  • बडादसैँ सुरु, आज घटस्थापना

    काठमाण्डौ  ।   प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडा दशैं आज(बिहिबार) देखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धुमधामका साथ मनाइन्छ।बडा दशैंको पहिलो दिन आज घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। घटस्थापनाको साइत बिहान ०९ बजेर १६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ।नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह

    • प्रकाशित मितिः असोज १७, २०८१
    • ९०१ पटक पढिएको
  • आजदेखि सोह्रश्राद्ध अर्थात पितृपक्षको समापन

    काठमाडौं— आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन।  असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ। साथै आज औँसी श्राद्ध पनि गरिन्छ।पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ। कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ। कुनै कारणवश रोकिए आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ। दशैँ, तिहार र छठजस्ता महान चाड

    • प्रकाशित मितिः असोज १६, २०८१
    • ४६१ पटक पढिएको
  • राष्ट्रपति पौडेलद्धारा जितिया पर्वमा शुभकामना

    काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वहरूले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुता बढाउने महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले सबैलाई नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वद्र्धनका लागि जुट्न आग्रह गर्दै यस्ता चाडपर्वको गरिमा कायम राख्न आवश्यक रहेको बताए । जितिया पर्व विशेषगरी थारु तथा मधेसी समुदायका महिलाद्वारा सन्तानको दीर्घायु र पारिवारिक सुखका लागि मनाइन्छ । आश्विन कृष्णपक्षको अष्टमीमा कठोर उपवास र शुद्ध परिकारको तयारी गर्ने प्रचलन रहेको छ । राष्ट्रपति पौडेलले यस पर्वले नेपालमा सुख, शान्ति र समृद्धि ल्याउने कामना गर्दै आपसी सद्भावको विकासमा सहयोग प

    • प्रकाशित मितिः असोज ९, २०८१
    • ४५४ पटक पढिएको
  • जितिया पर्व: आज बिहान चार बजेदेखि निराहार उपवास

    काठमाडौं— मिथिला क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु भएको छ । यो पर्वका बर्तालु आमाले आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने तेली कल्याण समाज नेपाल, मोरङका अध्यक्ष डा.बालकृष्ण साह बताउँछन् । निराहार व्रत सुरु गरेएपछि समापन नहुउञ्जेल थुक निल्नु पनि नहुने धार्मिक मान्यताले यो पर्व निकै कठिन विधिको मानिन्छ । मिथिलाञ्चल क्षेत्रमा नहा खा अर्थात् नुहाएर खाने विधि हिजो गरि यो पर्व शुरू भएको हो । धार्मिक विधिअनुसार आज बिहान ४ बजेदेखि भोलि बेलुका ५ बजेसम्म बर्तालुहरु अन्न र पानीसमेत नखाएर उपवास बस्ने गर्छन् ।जानकी भित्ते पात

    • प्रकाशित मितिः असोज ८, २०८१
    • ४५४ पटक पढिएको
  • कालभैरवको मूर्ति अगाडि लिंगो ठड्याएसँगै सुरु भएको इन्द्रजात्रा पर्व आज सकियो

    काठमाडौं—हनुमानढोका दरबार क्षेत्र कालभैरवको मूर्ति अगाडि लिंगो ठड्याएसँगै सुरु भएको इन्द्रजात्रा पर्व शनिबार सम्पन्न भएको छ । परम्पराअनुसार शनिबार इन्द्रजात्राको अन्तिम दिन नानीचा: या: (महिलाहरुले रथ ताने) तानेका छन् । महिलाले गणेश, भैरव र कुमारीको रथ तानेर इन्द्रजात्रा मनाए । जात्रामा नेवार समुदायको बाक्लो उपस्थिति थियो । इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ । आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी यो पर्व मनाइन्छ । कुमारी पूजाको समयमा कुमारीको दायाँबायाँ जीवित गणेश र भैरव राखिन्छ । सप्ताहव्यापी रूपमा गरिने पूजाविधि फरक फरक हुन्छ । भाद्र शुक्ल एकादशीको दिन निमन्त्रणा पुजा हु

    • प्रकाशित मितिः असोज ५, २०८१
    • ५१२ पटक पढिएको
  • इन्द्रध्वजा ढालेर आज सकिँदैछ इन्द्रजात्रा

    काठमाडौं— काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर शुरु भएको इन्द्रजात्रा आज इन्द्रध्वजा ढालेर सकिँदैछ । आज बेलुका १० बजेर ३१ मिनेटको साइतमा मानन्धर समुदायको नेतृत्वमा लिङ्गो ढालिने केन्द्रीय मानन्धर संघले जनाएको छ ।इन्द्रध्वजा ढालेपछि टेकुमा सेलाइने परम्परा छ । तर इन्द्रध्वजासँगै काठमाडौंको सुरक्षाको लागि भन्दै आठ कुनामा ठड्याएको लाकासि भनिने अष्टमात्रिकाको प्रतिकलाई भने अर्को सालको जात्राको लागि राखिने मानन्धरले बताए । एक हप्ता अघि इन्द्रध्वजा ठड्याएर येँया भनिने इन्द्रजात्रा शुरु भएको थियो ।यसैबीच इन्द्रजात्राको आज अन्तिम दिन, कुमारीको रथ महिलाले तान्नेछन् । केहिवर्ष अघिदेखि आजका दिन कुम

    • प्रकाशित मितिः असोज ५, २०८१
    • २८७ पटक पढिएको
  • दशैंमा टीका लगाउने शुभ साइत असोज २६ गते बिहान ११ः३६ बजे

    काठमाण्डौ  ।   यस वर्ष २०८१ साल दशैंको टीका लगाउने उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।नेपाल पञ्चांग निर्णायक विकास समितिले जारी गरेको सूचना अनुसार असोज २६ बिहान ८:३३ मिनेटमा देवी विसर्जनको साइत छ। देवी विसर्जन गरिसकेपछि टीका लगाउने उत्तम साइत ११:३६ मिनेटमा रहेको छ।२०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो।यस वर्ष महाष्टमी र महानवमी एकै दिन असोज २५ गते परेकोले सरकारी कार्यालयमा झण्डा फेर्न असोज १८ गते ९ः५४ बजेको साइत छ ।बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास

    • प्रकाशित मितिः असोज ५, २०८१
    • ८७७ पटक पढिएको
  • हातमा चिराक लिएर पुलुकिसी नृत्यमा पथप्रदर्शक बनेका बालेनको यो तस्बिर

    काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, बालेन सामाजिक सञ्जालमा निक्कै चर्चामा आइरहन्छन् । उनी अहिले हातमा चिराक लिएर पुलुकिसी नृत्यमा पथप्रदर्शक बन्दाको तस्बिरले चर्चामा छन् । यँयाः (इन्द्रजात्रा)का अवसरमा प्रदर्शन गरिने देवगणसँग सम्बन्धित तथा जात्रा मनाउनुको किंवदन्तीसँग सम्बन्धित परम्परागत नृत्यलाई काठमाडौं महानगरपालिकाले यस वर्षदेखि पूजासहित प्रदर्शन परम्पराको थालनी गरेको छ।यस क्रममा काठमाडौं महानगरपालिकाले सव: भकु, पुलुकिसी, मजिपा लाखे र महाकाली नृत्य प्रदर्शन आयोजना गर्‍यो। कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले हातमा चिराक लिएर पुलुकिसीको पथ प्रदर्श

    • प्रकाशित मितिः असोज ४, २०८१
    • २२० पटक पढिएको
  • सोह्र श्राद्ध आजदेखि विधिवत् आरम्भ

    काठमाडौं–आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथिमा श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने हुन्छ ।सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, सिदादान, र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ । वैदिक सनातन परम्पराअनुसार चाडपर्वको प्रारम्भअघि पितृलाई श्रद्धापूर्वक सम्झने प्रचलन छ । पितृलाई श्रद्धासाथ सम्झेर श्राद्ध गर्नाले पितृऋणबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार जाताशौच, मृत

    • प्रकाशित मितिः असोज २, २०८१
    • ५७३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.