काठमाडौं— मिथिला क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु भएको छ । यो पर्वका बर्तालु आमाले आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने तेली कल्याण समाज नेपाल, मोरङका अध्यक्ष डा.बालकृष्ण साह बताउँछन् । 

निराहार व्रत सुरु गरेएपछि समापन नहुउञ्जेल थुक निल्नु पनि नहुने धार्मिक मान्यताले यो पर्व निकै कठिन विधिको मानिन्छ । मिथिलाञ्चल क्षेत्रमा नहा खा अर्थात् नुहाएर खाने विधि हिजो गरि यो पर्व शुरू भएको हो । धार्मिक विधिअनुसार आज बिहान ४ बजेदेखि भोलि बेलुका ५ बजेसम्म बर्तालुहरु अन्न र पानीसमेत नखाएर उपवास बस्ने गर्छन् ।

OM Sai Pathibhara Hospital

जानकी भित्ते पात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा हिजो ओगठन, आज जितिया व्रत र भोलि बेलुका ५ बजे व्रत पारण अर्थात् समापन विधि हुने उल्लेख छ । तिथिअनुसार यसवर्ष आज र भोलि दिनभरि उपवास बसेर भोलि बेलुका व्रत समापन गरिने परम्परा रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकले जानकारी दिए। 

आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रतको मिथिलाञ्चल क्षेत्रमा विशेष महत्त्व छ ।