काठमाण्डौ  ।   यस वर्ष २०८१ साल दशैंको टीका लगाउने उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले जारी गरेको सूचना अनुसार असोज २६ बिहान ८:३३ मिनेटमा देवी विसर्जनको साइत छ। देवी विसर्जन गरिसकेपछि टीका लगाउने उत्तम साइत ११:३६ मिनेटमा रहेको छ।

OM Sai Pathibhara Hospital

२०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो।यस वर्ष महाष्टमी र महानवमी एकै दिन असोज २५ गते परेकोले सरकारी कार्यालयमा झण्डा फेर्न असोज १८ गते ९ः५४ बजेको साइत छ ।

बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

FB_IMG_1726880636413