काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वहरूले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुता बढाउने महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले सबैलाई नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वद्र्धनका लागि जुट्न आग्रह गर्दै यस्ता चाडपर्वको गरिमा कायम राख्न आवश्यक रहेको बताए । 

जितिया पर्व विशेषगरी थारु तथा मधेसी समुदायका महिलाद्वारा सन्तानको दीर्घायु र पारिवारिक सुखका लागि मनाइन्छ । आश्विन कृष्णपक्षको अष्टमीमा कठोर उपवास र शुद्ध परिकारको तयारी गर्ने प्रचलन रहेको छ । राष्ट्रपति पौडेलले यस पर्वले नेपालमा सुख, शान्ति र समृद्धि ल्याउने कामना गर्दै आपसी सद्भावको विकासमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।