काठमाडौं– नेपालीहरूको महान् चाड बडा दसैं आजबाट सुरु भएको छ। यस अवसरमा काठमाडौंको हनुमान ढोकास्थित दशैंघरमा विधिवत् जमरा राखिएको छ। नेपाली सेनाको एक टुकडीले बन्दुक पड्काएर हर्ष बढाएको थियो भने शङ्ख, घण्टा र डमरु बजाएर दुर्गा भगवतीको पूजा गरिएको थियो। 

दसैंको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौको, मकै र धानको जमरा राखिन्छ। घटस्थापनाका दिन पूजा कोठामा घडामा जलभरि माथिपटि आँप, चाप र वरपिपलको पात राख्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान घटस्थापनाको साइत ९:१६ मिनेट निर्धारण गरेको थियो। 

OM Sai Pathibhara Hospital

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ। टीका प्रसाद ग्रहणका लागि ११:३६ मिनेटको साइत उत्तम मानिन्छ।