बजार

    Showing ३११-३२० of ५०१ items.
  • सूचना आयोगले सुरु गर्यो आरटिआई म्यानेजमेन्ट प्रणाली

    काठमाडौं – राष्ट्रिय सुचना आयोगले आरटिआई म्यानेजमेन्ट सिस्टम अनलाइन प्रणालीको शुभारम्भ गरेको छ । सार्वजनिक निकायमा भए गरेका काम कारबाहीको सूचनालाई बिहीबारदखि आरटिआई म्यानेजमेन्ट सिस्टम अनलाइन प्रणालीबाट उपलब्ध गराउने गरी यस्तो सेवा सुरु गरिएको हो । आयोगले बिहीबार काठमाडौँंमा पत्रकार सम्मेलन गर्दै संघीय सरकारका मन्त्रालयहरु, संवैधानिक तथा केन्द्रीय आयोग, विभाग वा विभागस्तर, कार्यालय स्तरका सूचनालाई अनलाइन प्रणालीबाट माग गर्ने, सूचना उपलब्ध नगराए पुनरावेदन गर्ने बिषयका सुचनाको हकबारे आयोगले बताएको छ । आयोगले प्रणाली सन्चालन गर्नुका साथै संघ र प्रदेश र स्थानीय सरकारले सूचना तथा संच

    • प्रकाशित मितिः साउन १, २०८२
    • ४७४ पटक पढिएको
  • लौ न, मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्‍यो

    काठमाडौँ — घुस प्रकरणमा मुछिएका मन्त्रीहरूमाथि कलाकार दीपकराज गिरीले तीखो व्यङ्ग्य गरेका छन्।हालै सार्वजनिक भएका भ्रष्टाचार सम्बन्धी घटनाहरूको पृष्ठभूमिमा गिरीले मन्त्रीहरूलाई व्यङ्ग्यात्मक शैलीमा ‘घुस कसरी खाने’ तालिम दिनुपर्ने बताउँदै सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।गिरीले फेसबुकमा लेखेका छन्, “लौ न, मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्‍यो। घुस खान पो रोक्न सकिन्न त, समाचार त रोक्नुपर्‍यो नि। भोलि मन्त्री खाने मान्छे नपाइएला।”यो टिप्पणी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीका नाम जोडिएका घुस प्र

    • प्रकाशित मितिः साउन १, २०८२
    • ६९५ पटक पढिएको
  • लागुऔषध तस्करीमा विदेशीको सक्रियता दिनप्रति दिन बढ्दै

    काठमाडौं – नेपालमा लागुऔषध तस्करीमा भारतीय नागरिकहरूको संलग्नता बढ्दै गएको देखिएको छ। पछिल्ला दिनमा थाइल्यान्ड, अजरबैजान लगायत विभिन्न मुलुकबाट लागुऔषध बोकेर नेपाल आएका भारतीय नागरिकहरू क्रमशः पक्राउ परिरहेका छन्।थाइल्यान्डको बैंककबाट एयर एसियाको उडानमार्फत काठमाडौं आएकी ३० वर्षीया भारतीय महिला लियाओन फुङथरलाई प्रहरीले ५ किलो थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। उनी भारतको मणिपुर राज्यकी हुन्।गाँजा र कोकिन तस्करीमा संलग्न एक भारतीय नागरिक अमरजित सिंह सन्धु (६४), नयाँ दिल्ली निवासी, लैनचौरस्थित एक होटलबाट पक्राउ परेका छन्। उनी यस गिरोहका मुख्य योजनाकार रहेको प्रहर

    • प्रकाशित मितिः साउन १, २०८२
    • ५२४ पटक पढिएको
  • वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको धारणा: 'लोकतन्त्रपछि देशमा उल्लेखनीय विकास'

    काठमाडौं–वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्रको आगमनपछि नेपालमा उल्लेखनीय विकास भएको दाबी गरेका छन्।महानगर यातायात प्रालिद्वारा सुरु गरिएको विद्युतीय बस सेवा कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले राजनीतिक परिवर्तनसँगै देश विकास र समृद्धिको यात्रामा अघि बढेको बताए। नेपाल अब इभी (इलेक्ट्रिक भेइकल) युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले यसप्रति खुसी व्यक्त गरे।"हाम्रो देश अब इभी मोटर चढ्ने युगमा आइसकेको छ," उनले भने, "बाटो र बिजुली गाउँगाउँमा पुगेको छ। हामीले पेट्रोल–डिजेलमा अर्बौं रुपैयाँ खर्च गरिसक्यौं। अब आफ्नै विद्युत प्रयोग गरेर गाडी चढ्ने बेला आएको छ, जुन निकै सकारात्मक छ।"श्रेष्ठले ज

    • प्रकाशित मितिः असार ३२, २०८२
    • २६९ पटक पढिएको
  • रास्वपा सासंद कठायतको हट अवतार

    काठमाडौं–संसद देशको कानुन निर्माण गर्ने सर्वोच्च संस्था हो, जहाँ जनता आफ्ना जनप्रतिनिधिमाथि ठूलो विश्वास राख्छन्। त्यसैले सांसदहरूको बोली, व्यवहार र सार्वजनिक आचरण सधैं जनचासोको विषय बन्छ।यद्यपि, सांसदहरूले पदको गरिमा कायम राख्न नसकेको धेरै उदाहरणहरू सार्वजनिक भइरहेका छन्। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायत यस्तै विवादमा तानिएकी छन्।पूर्व टेलिभिजन कार्यक्रम सञ्चालिका कठायत, जो समानुपातिक सांसद बनेकी हुन्, हालै सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोका कारण चर्चामा आएकी हुन्। भिडियोमा उनी एक युवकसँग फिट्नेस सेन्टरमा 'रोम्यान्टिक' शैलीमा देखिन्छिन्। ‘सपनाभरी म ति

    • प्रकाशित मितिः असार ३२, २०८२
    • ५५५ पटक पढिएको
  • भक्तपुरको राधे राधे र चारदोबाटोमा ट्राफिक लाइट सञ्चालन

    काठमाडौं – अरनिको राजमार्ग अन्र्तगत रहेको भक्तपुरको राधे राधे र थिमी चारदोबाटोको ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ । मध्यपुरथिमि नगरपालिकास्थित राधे राधे र चारदोबाटोमा ट्राफिक लाइट आज (बुधबार) देखि सञ्चालनमा ल्याइएको हो । यात्रुको चापका कारण अस्तव्यस्त भएको सडकमा ट्राफिक लाइट जडान गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    • प्रकाशित मितिः असार ३२, २०८२
    • ३१८ पटक पढिएको
  • जमानीमा छुटेका अध्यक्ष साहले भने : मलाई फसाउन खोजियो

    जनकपुर – किर्ते हस्ताक्षर मुद्दामा हाजिरी जमानीमा छुटेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले आफूलाई फसाउन प्रशासनिक संयन्त्र लागि परेको आरोप लगाएका छन् ।करीब ६ दिन धनुषा प्रहरीको हिरासतमा बसेपछि हाजरी जमानीमा रिहा भएका साहले सोमबार (आज) पत्रकार सम्मेलन गर्दै आफूलाई प्रशासनिक संयन्त्रले नै फसाउने प्रपञ्च रचेको आरोप लगाएका छन् ।उनले धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले आर्थिक प्रलोभन दिएर आफ्नो मान्छेलाई बृहत्तरमा राख्न दिएको दवाब अस्वीकार गरेपछि झुठो प्रपञ्च रचेर फसाउन खोजेको बताए ।साहले भने ‘किर्ते हस्ताक्षर मैले गरेको छु भनेर समाचार बाहिरियो तर विधि

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ५७३ पटक पढिएको
  • रुकुममा कार्यालय सहयोगीको झुन्डिएको अवस्थामा मृत्यु, पत्रकार सम्पर्कविहीन

    काठमाडौँ – रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत २३ वर्षीया कार्यालय सहयोगी कोइली शाह मृत फेला परेको घटनाको गहिरो अनुसन्धान गर्न शाहका परिवारले माग गरेका छन्। परिवारले प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष तथा पत्रकार परिचन्द्र खत्रीसहित केही व्यक्तिहरूविरुद्ध अनुसन्धानको माग गर्दै प्रहरीमा उजुरी पनि दिएका छन्।शाह असार २८ गते बिहान आफ्नै डेरामा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। मृत्युलाई रहस्यमय मान्दै परिवारले असार ३० गते जिल्ला प्रहरी कार्यालय, रुकुम पूर्वमा लिखित निवेदन दिएका हुन्। प्रहरी कार्यालयका प्रमुख डिएसपी उमाशंकर प्रसाद यादवका अनुसार हालसम्म किटानी जाहेरी भने परिएको छैन।

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ७१९ पटक पढिएको
  • निषेधित क्षेत्र तोड्ने प्रयासमा १० जना नेविसंघका कार्यकर्ता पक्राउ

    काठमाडौँ – शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का १० जना कार्यकर्ता बानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ।नेपाल कमर्स क्याम्पस नेविसंघको आयोजनामा भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्र अतिक्रमण गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।नेविसंघले विद्यार्थीको प्रतिनिधित्वबिना सिनेट बैठक अमान्य ठहर गर्नुपर्ने र शिक्षक नियुक्ति प्रक्रिया पूर्ण रूपमा खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राख्दै विभिन्न क्याम्पसमा विरोध कार्यक्रमहरू गरिरहेको छ। अहिले मीनभवन क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ। यसअघि कोटेश्वरमा टायर बालेर सड

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ४६४ पटक पढिएको
  • महोत्तरीको गौशालामा अवैध रूपमा रकम असुली गर्दै जग्गा पास गर्ने प्रकरण सार्वजनिक

    महोत्तरी– गौशाला नगरपालिका–१२ परोडियामा वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीय बासिन्दाबाट अवैध रूपमा रकम असुली गरी जग्गा पास गर्ने नाममा ठगी भइरहेको खुलासा भएको छ।स्थानीय दीपेन्द्रबहादुर तामाङका अनुसार, वडा कार्यालयले गठन गरेको ५ सदस्यीय उपसमितिले प्रतिकिता ५० हजार रुपैयाँको दरले १०५ घरपरिवारबाट पैसा उठाउँदै आएको छ। उनले भने, "वर्षौंदेखि बसोबास गरिरहेको जग्गा नाममा पारिदिने भन्दै मौखिक रूपमा विश्वासमा पारेर रकम उठाइएको हो। तर, असुलिएको पैसाको कुनै लेखाप्रणाली छैन।"९५ वर्षीय स्थानीय बासिन्दा भागवतनारायण झाले पुरानो सम्झना सुनाउँदै भने, “वर्षौंदेखि हामीले मनरा सिस्वाका जोगी सिंहबाट विश्वासमा जमिन

    • प्रकाशित मितिः असार २९, २०८२
    • ३४८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.