काठमाडौं – अरनिको राजमार्ग अन्र्तगत रहेको भक्तपुरको राधे राधे र थिमी चारदोबाटोको ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ । मध्यपुरथिमि नगरपालिकास्थित राधे राधे र चारदोबाटोमा ट्राफिक लाइट आज (बुधबार) देखि सञ्चालनमा ल्याइएको हो ।
यात्रुको चापका कारण अस्तव्यस्त भएको सडकमा ट्राफिक लाइट जडान गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।