आर्थिक

    Showing 3,851-3,860 of 4,335 items.
  • म्याद गुज्रिएका सामानमा रिलेबलिङ गर्ने गोदाममा छापा, एक पक्राउ

    काठमाडौं / जिल्ला प्रशासन कार्यालय काठमाडौँले म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेर बिक्री गर्ने एक गोदाममा छापा मारेको छ ।  प्रशासनले म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेर बिक्री गर्ने गोल्डेन नेपाल सप्लायर्समा प्रहरीको सहयोगमा छापा मारेको हो । गोदाममा म्याद गुज्रिएका खाद्य सामाग्रीहरूको नयाँ मिति राखेर बिक्री गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए।प्रहरीले कम्पनीका सञ्चालक सविन घिमिरेलाई नियन्त्रणमा लिएको छ भने गोदाम सिल गरिएको छ। काठमाडौंका यसअघि पनि विभिन्न स्थानमा यसरी नै म्याद गुज्रिएका सामानमा रिलेभलिङ हुँदै आएको छ। 

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 170 पटक पढिएको
  • सुनको मूल्य तोलामा २०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य स्थिर

    काठमाडौं / नेपाली बजारमा मंगलवार सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार रू. ३०० ले बढेको सुनको भाउ मंगलवार रू.२०० ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९२ हजारमा ६०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ४०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू.२०० ले बढेको हो ।त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ९०० मा कारोबार भएको थियो ।यस्तै, मंगलवार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमव

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 112 पटक पढिएको
  • नेप्से परिसूचक आज २६ सय नाघ्यो

    बिर्तामोड / साताको दोस्रो दिन आज (सोमबार) शेयर कारोबार नेप्से परिसूचक ८७ दशमलव ६३ अङ्कले बढेको छ । आज नेप्से उच्च अङ्कले बढेर दुई हजार छ सय ७२ दशमलव २५ अङ्कमा पुगेको हो ।‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६१ अङ्कले बढेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार भएको छ ।दिनभर ५३ हजार ७९२ कारोबारबाट २२९ कम्पनीका ८३ लाख ९५ हजार ८ सय ६४ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँ पुगेको छ ।

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 121 पटक पढिएको
  • सुनको मूल्य वृद्धि, प्रतितोला कति ?

    बिर्तामोड / नेपाली बजारमा आज छापावाल सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुन प्रतितोला ३ सयले बढेर ९२ हजार ४०० कायम भएको छ । आइतबार ९२ हजार १०० मा कारोबार भएको थियो ।यस्तै तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ९०० छ जसको मूल्य आइतबार प्रतितोला ९१ हजार ६०० तोकिएको थियो ।महासङ्घका अनुसार आज चाँदीको मूल्य आज १२ सय ६५ पुगेको छ । आइतबार प्रतितोला १२ सय ६० मा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 124 पटक पढिएको
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान अनिश्चित

    भैरहवा / भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न नहुँदा त्यसको फाइदा भारतलाई हुने देखिएको छ । भारतले लुम्बिनीबाट १३३ किलोमिटर दूरी कुशीनगरमा विमानस्थल बनाएपछि त्यसको असर नेपालमा पर्ने देखिएको हो ।लुम्बिनी आउने तेस्रो मुलुकका धेरैजसो पर्यटक भारतीय बाटो हुँदै आउने गरेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै बनेको भए उनीहरू सीधै लुम्बिनी आउँथे ।पर्यटकको सीधा आगमन नेपालमा रोक्न भारतले लुम्बिनीदेखि नजिकै अन्तर्राष्ट्रिय विमानस्थल बनाएर आफ्नो देशको पर्यटन प्रवर्द्धन गर्न खोजेको पर्यटन व्यवसायी सञ्जय बजिमय बताउँछन् ।चार वर्षअघि नै सम्पन्न गरिसक्नुपर्ने भनिएक

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 114 पटक पढिएको
  • ठगी गरेको आरोपमा इटहरीबाट झापाका एक पुरुष पक्राउ

    सुनसरी / सुनसरीबाट ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका –१६ घर भई हाल इटहरी उपमहानगरपालिका –८ मा बसोबास गर्ने ४३ वर्षीय भक्त बहादुर राई रहेका छन् । राईले इटहरी –६ की ६१ वर्षीय एकल महिलालाई महिलाको श्रीमानको नाममा रहेको करिव दुई करोड ३६ लाख ९८ हजार रुपैयाँ बराबरको घर जग्गा पास गराई दिन्छु भनी अर्कै ब्यक्तिको नाममा पास गराई रकम ठगी गरे भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालयले राईलाई पक्राउ गरेको बताइएको छ । पक्राउ परेका राईलाई ठगी मुद्धा अन्तरगत कारवाही तथा थप अनुसन्धान भइरहेको

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 186 पटक पढिएको
  • तिहारलाई सयपत्री फूलको ५० हजार माला आयात गरिने

    बिर्तामोड / यस वर्षको तिहारका लागि ५० हजार भन्दा बढी सयपत्री फूलको माला आयत गरिने भएको छ । बेमौसमी वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले भारतबाट फूलको माला आयात गरिने भएको हो । फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको बताइएको छ । मालाको अभाव हुन नदिन भारतबाट आयात गर्न पुष्प व्यवसायी लागिपरेका छन् । नेपालमा हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले फूलको माग बढ्दै गएको तथ्याङ्क छ । उत्पादन क्षमता गुणात्मक वृद्धि भए अन्य देशको भर पर्नु नपर्ने व्यवसायी बताउँछन् । गत वर्षको तिहारमा भारतबाट दुई लाख सयपत्री माला ल्याइएको थियो ।फूल उत्पादनमा क

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 118 पटक पढिएको
  • २६०० नजिक पुग्यो नेप्से परिसूचक

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.५१ अङ्क अर्थात् १.०८ प्रतिशतले बढेर २,५८४.५२ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य आज १.५ प्रतिशतले बढेर सेन्सेटीभ इन्डेक्स ४९०.६८ बिन्दूमा आइपुगेको छ । नेप्सेमा आइतबार ट्रेडीङ्ग समूहबाहेक अरु सबै परिसूचक उकालो लागेका छन् । वित्त कम्पनीको परिसूचक सबैभन्दा उच्च ४.११ प्रतिशतले बढेको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र नेपाल टेलिकम जस्ता कम्पनीको सेयर सूचीकृत रहेको अन्य समूह ३.२४ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत् समूहको परिसूचक पनि २.५२ अंकले बढेको छ । वेस्ट फाइनान्स कम्

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 118 पटक पढिएको
  • भट्टराईको कोषलाई चार लाख सहयोग

    इटहरी / इटहरीका समाजसेवी दिनेश भट्टराईले धर्मपत्नी कमला भट्टराईको स्मृतिमा भट्टराई कुल वंश प्रतिष्ठानको अक्षयकोषलाई ४ लाख ११ हजार ५ सय ५५ रुपैयाँ रकम प्रदान गरेका छन् । धर्मपत्नी कमला भट्टराईको वार्षिक पुण्य तिथिको अवसरमा भट्टराई कुल वंश प्रतिष्ठान सुनसरीले आयोजना गरेको श्रद्धाञ्जली तथा अक्षयकोषमा रकम हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । समाजसेवी दिनेश भट्टराई, भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष हुन् ।कार्यक्रममा प्रेमप्रसाद भट्टराईले १ लाख ५१ हजार रुपैयाँ, दयाराम भट्टराईले १ लाख ११ हजार १ सय ११ रुपैया

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 133 पटक पढिएको
  • सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि

    काठमाडौं /  नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ६०० हुनेछ, जसको मूल्य शुक्रबार प्रतितोला रु ९१ हजार २०० तोकिएको थियो ।महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार २६० प

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 121 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.