बिर्तामोड / साताको दोस्रो दिन आज (सोमबार) शेयर कारोबार नेप्से परिसूचक ८७ दशमलव ६३ अङ्कले बढेको छ । आज नेप्से उच्च अङ्कले बढेर दुई हजार छ सय ७२ दशमलव २५ अङ्कमा पुगेको हो ।

‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६१ अङ्कले बढेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार भएको छ ।

OM Sai Pathibhara Hospital

दिनभर ५३ हजार ७९२ कारोबारबाट २२९ कम्पनीका ८३ लाख ९५ हजार ८ सय ६४ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँ पुगेको छ ।