काठमाडौं / जिल्ला प्रशासन कार्यालय काठमाडौँले म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेर बिक्री गर्ने एक गोदाममा छापा मारेको छ ।  

प्रशासनले म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेर बिक्री गर्ने गोल्डेन नेपाल सप्लायर्समा प्रहरीको सहयोगमा छापा मारेको हो । 

OM Sai Pathibhara Hospital

गोदाममा म्याद गुज्रिएका खाद्य सामाग्रीहरूको नयाँ मिति राखेर बिक्री गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए।

प्रहरीले कम्पनीका सञ्चालक सविन घिमिरेलाई नियन्त्रणमा लिएको छ भने गोदाम सिल गरिएको छ। काठमाडौंका यसअघि पनि विभिन्न स्थानमा यसरी नै म्याद गुज्रिएका सामानमा रिलेभलिङ हुँदै आएको छ।