बिर्तामोड / नेपाली बजारमा आज छापावाल सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुन प्रतितोला ३ सयले बढेर ९२ हजार ४०० कायम भएको छ । आइतबार ९२ हजार १०० मा कारोबार भएको थियो ।

OM Sai Pathibhara Hospital

यस्तै तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ९०० छ जसको मूल्य आइतबार प्रतितोला ९१ हजार ६०० तोकिएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य आज १२ सय ६५ पुगेको छ । आइतबार प्रतितोला १२ सय ६० मा कारोबार भएको थियो ।