सुनसरी / सुनसरीबाट ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका –१६ घर भई हाल इटहरी उपमहानगरपालिका –८ मा बसोबास गर्ने ४३ वर्षीय भक्त बहादुर राई रहेका छन् । 

OM Sai Pathibhara Hospital

राईले इटहरी –६ की ६१ वर्षीय एकल महिलालाई महिलाको श्रीमानको नाममा रहेको करिव दुई करोड ३६ लाख ९८ हजार रुपैयाँ बराबरको घर जग्गा पास गराई दिन्छु भनी अर्कै ब्यक्तिको नाममा पास गराई रकम ठगी गरे भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी परेको थियो । 

सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालयले राईलाई पक्राउ गरेको बताइएको छ । पक्राउ परेका राईलाई ठगी मुद्धा अन्तरगत कारवाही तथा थप अनुसन्धान भइरहेको छ ।