आर्थिक

    Showing 3,841-3,850 of 4,335 items.
  • सुनको मूल्य ४००ले घट्यो

    बिर्तामोड /  नेपालमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले गिरावट भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहेकामा बिहीबार प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएकोे थियो ।यसैगरी आज चाँदी बिहिबारको तुलनामा प्रतितोला रु पाँच घटेर रु एक हजार २४५ कायम भएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।छापावाल सुन यो साताको मङ्गलबार अधिकतम रु ९२ हजार ६०० मा कारोबार भएको थियो । म

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 136 पटक पढिएको
  • साह ट्रेड कन्सर्नमा आगलागी : १० करोड बढीको क्षति

    रौतहट / रौतहटको गरुडा नगरपालिका –४ स्थित साह ट्रेड कन्सर्नमा आगलागी भएको छ । शुक्रबार विहान साढे ४ बजे विद्युतको तार सर्ट भएर आगलागी भएको हो । २ वटा दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले आगो निभाएका थिए । आगलागीबाट १० करोड बढीको क्षति भएको रौतहटका सीडीयो कृष्ण बहादुर शाहीले जानकारी दिए ।शाहीका अनुसार आगलागी हुँदा घरसहित घरमा भएका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको छ । 

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 168 पटक पढिएको
  • मध्य भोटेकोशीको आईपीओ बाँडफाँड

    बिर्तामोड / मध्य भोटेकोशी जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) आज बाँडफाँड भएको छ । आईपीओ बाँडफाँड आज (शुक्रबार) कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको हो ।कम्पनीको उक्त आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएको छ । बाँकी २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएको छ । स्वीकृत भएको आवेदनमध्ये ८ लाख १९ हजार आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।भोटेकोशी कम्पनीले असोज २० गते देखि सर्वसाधारणका लागि आईपीओ निष्कासनमा ल्याएको थियो । 

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 133 पटक पढिएको
  • सुनको मूल्यमा वृद्धि, प्रतितोला कति ?

    बिर्तामोड  / बिहीवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार छ सय रुपैयाँले  घटेको सुनको भाउ बिहीवार चार सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीवार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो ।त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।यस्

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 118 पटक पढिएको
  • नेपाल राष्ट्र बैंकद्धारा २० अर्बको रिपो जारी

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।बैंकिङ प्रणालिमा तरलता व्यवस्थापनमा समस्या देखिँदा तरलता प्रवाह गर्न केन्द्रीय बैंकले केही समय अघिदेखि निरन्तर गर्न रिपो जारी गर्दै आएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतिप्राप्त बैंक वित्तीय संस्थाले भाग लिन पाउने बैंकले जनाएको छ ।तरलता अभावले बैंक तथा वित्तीय संस्थामा निक्षेपको चाप परेको देखिन्छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरूले कर्जा निक्षेप अनुपात ९० प्र

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 128 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ?

    बिर्तामाेड / आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । मंगलबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार ६ सय रुपैयाँले घटेर छापावाला सुनको मूल्य ९२ हजारमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।महासङ्घका अनुसार बुधबार तेजाबी सुनको प्रतितोला मूल्य ९१ हजार ५ सय रुपैयाँमा झरेको छ । यस्तै चाँदीको प्रतितोला कारोबार मूल्य बुधबारका लागि १२ सय ५० रुपैयाँ तोकिएको छ ।मंगलबार १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १५ रुपैयाँले घटेर आज बुधबार १ हजार दुई सय ५० रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 116 पटक पढिएको
  • टुहुरा बालबालिकालाई आर्थिक सहयोग

    बिर्तामोड / व्यवसायी तथा समाजसेवी श्याम प्रसाईँले तीन बालबालिकालाई आर्थिक सहयोग गरेका छन् ढुवानी व्यवसायी महासङ्घका केन्द्रीय सदस्य तथा मेची ट्रान्सपोर्ट एसोसिएसनका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रसाईँले गौरीगञ्ज गाउँपालिका –१ कुञ्जीकारिका तीन बालबालिकालाई २१ हजार ९ सय ९९ रुपैयाँ नगदसहित एक–एक जोर कपडा सहयोग गरेका हुन् ।आमाबुबाको निधन भएसँगै टुहुरा बनेका १५ वर्षीया सरस्वती , १३ वर्षीया पूजा र ६ वर्षीय नीरज राजवंशीलाई  उक्त सहयोग हस्तान्तरण गरेका थिए ।केही वर्षअघि बुबाको निधन भएपछि आमा मनसरी राजवंशीले आफ्ना तीन सन्तानलाई पालनपोषण गर्दै आएकी थिइन् । उनको पनि केही महिनाअघि निधन भएको थियो

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 121 पटक पढिएको
  • आजको विनिमयदर : कुन देशको कति ?

    काठमाडौं / आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२० रुपैयाँ २४ पैसा रहेको छ ।नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा रहेको छ । यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९० रुपैयाँ २८ पैसा रहेको बैंकले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 110 पटक पढिएको
  • मङ्सिरदेखि बिजुलीको नयाँ दर लागु हुने

    काठमाडौँ  / मङ्सिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु हुने भएको छ । विद्युत् महसुल निर्धारण आयोगले नयाँ दर स्वीकृत गरिसकेको र बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भएको छ ।ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मंगलबार आयोजित एक कार्यक्रममा पनि मङ्सिरदेखि नयाँ दर लागु हुने जानकारी दिएका छन् ।मङ्सिर १ देखि सस्तो दरमा बिजुली दिँदै छौँ, उनले भने, “यो महसुलले साना तथा ठूला विद्युतीय सवारी चलाउनदेखि घरायसी खपतलाई बिजुली सस्तो बनाएको छ । ” उनले सरकारले साझा यातायातमार्पmत ठूला विद्युतीय सवारी सञ्चालन गर्न खोजिरहेको पनि जानकारी दिए ।उनले नेपालले जलवायु परिवर्तनका असरहरू न्य

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 125 पटक पढिएको
  • मध्यभोटेकोशीको आईपीओ शुक्रबार बाँडफाँड हुँदै

    बिर्तामोड / मध्यभोटेकोसी जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरूका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।आईपीओ बिक्री बन्द हुँदासम्म यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट तीन करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा चा

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 116 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.