बिर्तामोड / मध्य भोटेकोशी जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) आज बाँडफाँड भएको छ ।

आईपीओ बाँडफाँड आज (शुक्रबार) कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको हो ।

OM Sai Pathibhara Hospital

कम्पनीको उक्त आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिदका लागि आवेदन दिएका थिए । 

जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएको छ । बाँकी २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएको छ । स्वीकृत भएको आवेदनमध्ये ८ लाख १९ हजार आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

भोटेकोशी कम्पनीले असोज २० गते देखि सर्वसाधारणका लागि आईपीओ निष्कासनमा ल्याएको थियो ।