बिर्तामाेड / आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । 

मंगलबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार ६ सय रुपैयाँले घटेर छापावाला सुनको मूल्य ९२ हजारमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

OM Sai Pathibhara Hospital

महासङ्घका अनुसार बुधबार तेजाबी सुनको प्रतितोला मूल्य ९१ हजार ५ सय रुपैयाँमा झरेको छ । यस्तै चाँदीको प्रतितोला कारोबार मूल्य बुधबारका लागि १२ सय ५० रुपैयाँ तोकिएको छ ।

मंगलबार १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १५ रुपैयाँले घटेर आज बुधबार १ हजार दुई सय ५० रुपैयाँ कायम भएको छ ।