बिर्तामोड / व्यवसायी तथा समाजसेवी श्याम प्रसाईँले तीन बालबालिकालाई आर्थिक सहयोग गरेका छन्
ढुवानी व्यवसायी महासङ्घका केन्द्रीय सदस्य तथा मेची ट्रान्सपोर्ट एसोसिएसनका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रसाईँले गौरीगञ्ज गाउँपालिका –१ कुञ्जीकारिका तीन बालबालिकालाई २१ हजार ९ सय ९९ रुपैयाँ नगदसहित एक–एक जोर कपडा सहयोग गरेका हुन् ।

आमाबुबाको निधन भएसँगै टुहुरा बनेका १५ वर्षीया सरस्वती , १३ वर्षीया पूजा र ६ वर्षीय नीरज राजवंशीलाई उक्त सहयोग हस्तान्तरण गरेका थिए ।
केही वर्षअघि बुबाको निधन भएपछि आमा मनसरी राजवंशीले आफ्ना तीन सन्तानलाई पालनपोषण गर्दै आएकी थिइन् । उनको पनि केही महिनाअघि निधन भएको थियो ।
कोचिला एकता जागरण केन्द्रीय समितिले उनको उपचारको प्रबन्ध मिलाउँदै आएको थियो । समितिले १ लाख ७५ हजार रुपैयाँमा १० धुर जग्गा खरिद गरी धनीपूर्जा हस्तान्तरण गरेको छ ।