बिर्तामोड  / बिहीवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार छ सय रुपैयाँले  घटेको सुनको भाउ बिहीवार चार सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीवार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । 

OM Sai Pathibhara Hospital

बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीवार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधवार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।