रौतहट / रौतहटको गरुडा नगरपालिका –४ स्थित साह ट्रेड कन्सर्नमा आगलागी भएको छ । शुक्रबार विहान साढे ४ बजे विद्युतको तार सर्ट भएर आगलागी भएको हो । 

२ वटा दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले आगो निभाएका थिए । आगलागीबाट १० करोड बढीको क्षति भएको रौतहटका सीडीयो कृष्ण बहादुर शाहीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

शाहीका अनुसार आगलागी हुँदा घरसहित घरमा भएका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको छ ।