आर्थिक

    Showing 3,271-3,280 of 4,329 items.
  • छात्राहरूलाई निःशुल्क साइकल वितरण गर्दै बुद्धशान्ति गाउँपालिका

    बुधबारे / बुद्धशान्ति गाउँपालिकाले २.५ किलोमिटर क्षेत्रबाट विद्यालय जाने छात्रालाई निशुल्क साइकल वितरण गर्ने घोषणा गरेको छ ।गाउँपालिका अध्यक्ष मनोज प्रसाईँले गाउँ सभाको दसौं अधिवेशनमा आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्  । प्रसाईँले शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य सामाजिक क्षेत्रमा कार्यक्रम सञ्चालन र गुणस्तरीय सेवा प्रवाह गरी स्वस्थ, शिक्षित र गतिशील सामाजिक जीवन स्थापना गर्ने समेत बताएका छन् । त्यस्तै बालविकास केन्द्रको सुदृढीकरण गरी नमूना बालविकास केन्द्रको रुपमा विकास गर्ने, बालविकास र विद्यालयका कर्मचारीलाई मासिक रुपमा ने

    • प्रकाशित मितिः असार १०, २०७९
    • 136 पटक पढिएको
  • कचनकवल गाउँपालिकाले ल्यायो ५३ करोड ८३ लाख रुपैयाँ बराबरको बजेट

    बिर्तामोड / झापाको कचनकवल गाउँपालिकाले ५३ करोड ८३ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । दोस्रो गाउँ सभाको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवंशीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पछि बजेट आएको हो ।उपाध्यक्ष नवराज भट्टराईले प्रस्तुत गरेको बजेटमा कृषि तथा पशुपक्षी तर्फ एक करोड ५० लाख रुपैयाँ, शिक्षामा एक करोड, स्वास्थ्यमा  १३ करोड ५० लाख, खानेपानीमा ५० लाख, वन, वातावरण, संस्कृति तथा पर्यटनमा ५० लाख, खेलकुदमा २० लाख, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमा ५० लाख र भौतिक पूर्वाधार, सडक निर्माण ,भवन निर्माण एवं स्तरोन्नतिमा ५ कर

    • प्रकाशित मितिः असार १०, २०७९
    • 621 पटक पढिएको
  • दसौँ दिनमा कोइरालाले तोडे अनशन

    काठमाडौँ / सेयर बजार सुधारको माग राख्दै असार १ गतेदेखि आमरण अनशन बसेका तिलक कोइरालाले अनशन तोडेका छन्।पुँजी बजार विस्तार तथा सुधारका लागि गठित संघर्ष समिति र धितोपत्र बोर्डबीच शुक्रबार सम्झौता भएपछि कोइरालाले अनशन तोडेका हुन् । संघर्ष समिति र धितोपत्र बोर्ड बीच १९ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा धितोपत्र बोर्डका तर्फबाट अध्यक्ष रमेशकुमार हमाल र समितिका तर्फबाट अनशनकारी कोइरालाले हस्ताक्षर गरेका हुन्। सम्झौता कार्यान्वयनका लागि बोर्ड र संघर्ष समितिका तर्फबाट संयुक्त समिति बनाइएको छ।समितिमा बोर्डका तर्फबाट कामु कार्यकारी निर्देशक विनयदेव आचार्य र मुक्तिनाथ श्रेष्ठ छन् भने

    • प्रकाशित मितिः असार १०, २०७९
    • 125 पटक पढिएको
  • घट्यो सुनको मूल्य, प्रतितोला कति ?

    झापा / लगातार घटबढ भइरहेको सुनचाँदीको मूल्य साताको अन्तिम दिन ३०० सय रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ३०० रुपैयाँले घटेर प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै तेजाबी सुनको भाउ पनि ९६ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य शुक्रबार १० रुपैयाँ घटेर प्रतितोला १२ सय ४० रुपैयाँ भएको छ । बिहीबार प्रतितोला १२ सय ५० थियो। 

    • प्रकाशित मितिः असार १०, २०७९
    • 116 पटक पढिएको
  • प्रदेश १ मा दैनिक उपभोग्य सामाग्रीको बजारभाउ ह्वात्तै बढ्यो, कुनको कति ? (सूचीसहित)

    झापा  / प्रदेश १ मा दैनिक उपभोग्य सामाग्रीको बजारभाउ ह्वात्तै बढेको छ । पछिल्लो दुई महिनायता दाल, चामल, तेल, घिउ, चिनी, फलफूल, तरकारी र पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य सामग्रीको बजारभाउ ५ दशमलव ६५ प्रतिशतले बढेको हो ।वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको तथ्याङ्कअनुसार एक महिनामै खाने तेल एक लिटरमा ६० रुपैयाँसम्म मूल्य बढेको छ । वैशाखमा एक लिटर तोरीको तेलको मूल्य २८५ र सूर्यमुखी तेलको २६० थियो भने हाल तोरिको तेलको बजार भाउ ३४० र सुर्यमूखी तेलको मूल्य लिटरकै ३२० रुपैयाँ पुगेको छ । त्यस्तै चामलको मूल्य एक महिनामा २५ किलोको बोरामा दुई सय रुपैयाँसम्म मूल

    • प्रकाशित मितिः असार १०, २०७९
    • 199 पटक पढिएको
  • देशभरका सबै स्थानीय तहले आज बजेट ल्याउँदै

    बिर्तामोड / आज ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहहरूले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने छ । सोही अनुसार धेरैजसो पालिकाहरूले आज नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेका हुन् । केही पालिकाहरूले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । तिनीहरूले पनि बजेट आज सार्वजनिक गर्दैछन् ।संघीय सरकारले १५ जेठमा र प्रदेश सरकारले १ असारमा बजेट ल्याएका थिए । १५ जेठमा संघीय सरकारले ल्याएको बजेटबाट गएको चार प्रकारको अनुदान (समानीकरण, सशर्त, विशेष

    • प्रकाशित मितिः असार १०, २०७९
    • 130 पटक पढिएको
  • नेपालमा ११ महिनामा ३८ अर्बको मोबाइल भित्रियो

    काठमाडौँ / चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा ३८ अर्बभन्दा बढीको मोबाइल फोन भित्रिएको छ ।भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको मोबाइल फोन नेपाल भित्रिएको हो ।सो अवधिमा नेपालले कूल ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको विभागले जनाएको छ । उक्त मूल्यमा ५५ लाख ८६ हजार ५७८ थान मोबाइल फोन नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत, भियतनाम, युनाइटेड अरब इमिरेट्स ‘युएई’, अमेरिका र बङ्गलादेशबाट आउने गरेको छ ।पछिल्लो ११ महिनामा चीनबाट २२ अर्ब ७७ करोड ९१ लाख

    • प्रकाशित मितिः असार ९, २०७९
    • 136 पटक पढिएको
  • ७८ प्रतिशतले बढ्यो इन्धन आयात

    वीरगन्ज / देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट हुने इन्धनको आयातमा उल्लेख्य मात्रामा वृद्धि भएको छ ।वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ७८ प्रतिशतले वृद्धि भएको हो । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि जेठसम्म ७४ अर्ब ३४ करोड ६६ लाखको १४ लाख १८ हजार २१७ किलोलिटर डिजेल, पेट्रोल, मट्टितेल हवाई इन्धन आयात भएको थियो ।चालु आवको सोही अवधिमा १ खर्ब ५३ अर्ब ३६ करोड ७ लाखको २५ लाख ३१ हजार ६ सय ६० किलोलिटर इन्धन आयात भएको छ । त्यस्तै, एलपीजी ग्यासको आयातमा समेत करिब ८ प्रतिशतले वृद्धि भएको छ ।गत आवमा २ लाख ३९ हजार ६ सय ३८ मेट्रिक टन ग्यास आयात भए

    • प्रकाशित मितिः असार ९, २०७९
    • 141 पटक पढिएको
  • हुलदंगा गर्दै नगर प्रवेश गर्न खोजेपछि उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्षसहित ११ जना पक्राउ

    बिर्तामोड /  बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार उनीहरूले बिर्तामोड नगरपालिकाको कार्यालय भित्र प्रवेश गरेर हुलदंगा गर्न खोज्दा नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा शिवाकोटी र न्यौपानेसहित सहकोषाध्यक्ष राधिका चुडाल (हुमागाईँ), सन्तोष उप्रेती, कल्पना पुरी (न्यौपाने), संगीता न्यौपाने, कल्पना खरेल (निरौला), नरबहादुर बिक, तुलसा तामाङ, एकता कडरिया (विष्ट) र निरू अधिकारी रहेका छन् । केही दिनदेखि बिर्तामोड –५ स्थित बुधबारे हटियामा अनधिकृत रुपमा व

    • प्रकाशित मितिः असार ८, २०७९
    • 587 पटक पढिएको
  • आजदेखि पिपुल्स पावरको आईपीओ बिक्री खुला

    इलाम  /  पिपुल्स पावर लिमिटेडले बुधबारदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आफ्नो जारी पुँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता सेयर निष्कासन गरेको छ ।इलाम जिल्ला इलाम नगरपालिका –१ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि एक लाख ८९ हजार ७८० कित्ता र वडा नं. १ र ४ बाहेकको इलाम जिल्लाका बासिन्दाहरूका लागि ४ लाख ४२ हजार ८२० कित्ता सेयर बाँडफाँड गरिनेछ ।लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयरका

    • प्रकाशित मितिः असार ८, २०७९
    • 145 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.