झापा  / प्रदेश १ मा दैनिक उपभोग्य सामाग्रीको बजारभाउ ह्वात्तै बढेको छ । 

पछिल्लो दुई महिनायता दाल, चामल, तेल, घिउ, चिनी, फलफूल, तरकारी र पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य सामग्रीको बजारभाउ ५ दशमलव ६५ प्रतिशतले बढेको हो ।

OM Sai Pathibhara Hospital

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको तथ्याङ्कअनुसार एक महिनामै खाने तेल एक लिटरमा ६० रुपैयाँसम्म मूल्य बढेको छ । 

वैशाखमा एक लिटर तोरीको तेलको मूल्य २८५ र सूर्यमुखी तेलको २६० थियो भने हाल तोरिको तेलको बजार भाउ ३४० र सुर्यमूखी तेलको मूल्य लिटरकै ३२० रुपैयाँ पुगेको छ । 

त्यस्तै चामलको मूल्य एक महिनामा २५ किलोको बोरामा दुई सय रुपैयाँसम्म मूल्य बढेको छ । गत वैशाखमा २५ केजी जिरा मसिनो चामलको मूल्य एक हजार ५६० र बासमतीको दुई हजार ६६० थियो भने हाल जिरा मसिनो चामलको मूल्य एक हजार ६५० र बास्मती चामलको मूल्य दुई हजार ८२० पुगेको छ । 

मुसुरोको दालको मूल्य किलोमा पाँच रुपैयाँ, मासको १० र रहरको दालको मूल्य प्रतिकेजी १५ रुपैयाँले बढेको छ । 

उत्पादक, आयातकर्ता, थोक बिक्रेता र खुद्रा व्यापारीले कहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, कहिले ढुवानी महंगिएको नाममा त कहिले कच्चापदार्थको मूल्य बढेको बहानामा पटक–पटक अस्वाभाविक रूपमा दैनिक उपभोग्य सामाग्रीको मूल्यवृद्धि गर्दा उपभोक्ताहरू मारमा पर्ने गरेका छन् ।

mulya