बिर्तामोड / आज ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछन् । 

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहहरूले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने छ । 

OM Sai Pathibhara Hospital

सोही अनुसार धेरैजसो पालिकाहरूले आज नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेका हुन् । केही पालिकाहरूले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । तिनीहरूले पनि बजेट आज सार्वजनिक गर्दैछन् ।

संघीय सरकारले १५ जेठमा र प्रदेश सरकारले १ असारमा बजेट ल्याएका थिए । 

१५ जेठमा संघीय सरकारले ल्याएको बजेटबाट गएको चार प्रकारको अनुदान (समानीकरण, सशर्त, विशेष र समानीकरण), राजस्व बाँडफाँडबाट प्राप्त हुने बजेट, प्राकृतिक स्रोतको बाँडफाँडबाट प्राप्त हुने रकम, कराधिकार, अन्य स्थानीय तहमा हुने आय र प्रदेशले १ असारमा ल्याएको बजेटपछि प्राप्त भएको अनुदान जोडेर स्थानीय तहले बजेट निर्माण गर्नुपर्छ ।