झापा / लगातार घटबढ भइरहेको सुनचाँदीको मूल्य साताको अन्तिम दिन ३०० सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ३०० रुपैयाँले घटेर प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुनको भाउ पनि ९६ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य शुक्रबार १० रुपैयाँ घटेर प्रतितोला १२ सय ४० रुपैयाँ भएको छ । बिहीबार प्रतितोला १२ सय ५० थियो।






































