वीरगन्ज / देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट हुने इन्धनको आयातमा उल्लेख्य मात्रामा वृद्धि भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ७८ प्रतिशतले वृद्धि भएको हो । 

OM Sai Pathibhara Hospital

आर्थिक वर्ष २०७७/७८ को साउनदेखि जेठसम्म ७४ अर्ब ३४ करोड ६६ लाखको १४ लाख १८ हजार २१७ किलोलिटर डिजेल, पेट्रोल, मट्टितेल हवाई इन्धन आयात भएको थियो ।

चालु आवको सोही अवधिमा १ खर्ब ५३ अर्ब ३६ करोड ७ लाखको २५ लाख ३१ हजार ६ सय ६० किलोलिटर इन्धन आयात भएको छ । त्यस्तै, एलपीजी ग्यासको आयातमा समेत करिब ८ प्रतिशतले वृद्धि भएको छ ।

गत आवमा २ लाख ३९ हजार ६ सय ३८ मेट्रिक टन ग्यास आयात भएकामा चालु आवको सोही समयमा २ लाख ५८ हजार १५० मेट्रिक टन आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । मट्टितेलको आयात भने ३० प्रतिशतले घटेको छ ।