बिर्तामोड / झापाको कचनकवल गाउँपालिकाले ५३ करोड ८३ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । 

दोस्रो गाउँ सभाको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवंशीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पछि बजेट आएको हो ।

OM Sai Pathibhara Hospital

उपाध्यक्ष नवराज भट्टराईले प्रस्तुत गरेको बजेटमा कृषि तथा पशुपक्षी तर्फ एक करोड ५० लाख रुपैयाँ, शिक्षामा एक करोड, स्वास्थ्यमा  १३ करोड ५० लाख, खानेपानीमा ५० लाख, वन, वातावरण, संस्कृति तथा पर्यटनमा ५० लाख, खेलकुदमा २० लाख, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमा ५० लाख र भौतिक पूर्वाधार, सडक निर्माण ,भवन निर्माण एवं स्तरोन्नतिमा ५ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । 

त्यस्तै फोहोरमैला व्यवस्थापनमा पाँच लाख, नदि नियन्त्रण तथा तटबन्धनमा ५० लाख, गाउपालिका साझेदारीमा एक करोड, सुशासन तथा संस्थागत क्षमता विकासमा १५ लाख, विपद व्यवस्थापनमा ३० लाख, मर्मत सम्भारका एक करोड, सूचना प्रविधि तथा सञ्चारमा २० लाख, न्यायिक समितिमा १५ लाख र विद्युत बिस्तार तथा वैकल्पिक ऊर्जाका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।