काठमाडौँ / सेयर बजार सुधारको माग राख्दै असार १ गतेदेखि आमरण अनशन बसेका तिलक कोइरालाले अनशन तोडेका छन्।

पुँजी बजार विस्तार तथा सुधारका लागि गठित संघर्ष समिति र धितोपत्र बोर्डबीच शुक्रबार सम्झौता भएपछि कोइरालाले अनशन तोडेका हुन् । 

OM Sai Pathibhara Hospital

संघर्ष समिति र धितोपत्र बोर्ड बीच १९ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा धितोपत्र बोर्डका तर्फबाट अध्यक्ष रमेशकुमार हमाल र समितिका तर्फबाट अनशनकारी कोइरालाले हस्ताक्षर गरेका हुन्। सम्झौता कार्यान्वयनका लागि बोर्ड र संघर्ष समितिका तर्फबाट संयुक्त समिति बनाइएको छ।

समितिमा बोर्डका तर्फबाट कामु कार्यकारी निर्देशक विनयदेव आचार्य र मुक्तिनाथ श्रेष्ठ छन् भने संघर्ष समितिका तर्फबाट रोहन कार्की र एसपी चौलागाईँ छन्।

सेयर लगानीकर्ताले पुँजी बजार सुधारका लागि भन्दै राखेका मागहरू सम्बोधन गर्न मंगलबार बेलुका धितोपत्र बोर्डमा पत्रकार सम्मेलन पनि आयोजना गरिएको थियो। तर, आफ्ना मागहरू प्रति धितोपत्र बोर्डले तदारुकता नदिएको कारण देखाउँदै संघर्ष समितिले अनशन जारी नै राखेको थियो।