आर्थिक

    Showing 3,261-3,270 of 3,700 items.
  • कालोधन : राजनीतिक दल र नेताको संरक्षणमा छायाँ अर्थतन्त्र

    अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संस्था  ‘इनटरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे) ले अफशोर लगानी सम्बन्धी अहिलेसम्मकै ठूलो खोज प्यान्डोरा पेपर्स मार्फत सार्वजनिक गरेको छ ।विश्वका प्रभावशाली नेता, राजनीतिकर्मी, व्यवसायी र शक्तिशाली व्यक्तिहरूले अवैध तरिकाले कमाएको धन वैध बनाउन कसरी ‘ट्याक्स हेभन’ अर्थात (सम्पत्तिको स्रोत नखोजिने र जवाफदेही हुनुनपर्ने) देशमा पुर्याएर एउटा समानान्तर अर्थतन्त्र चलाइरहेका छन् भनेर सार्वजनिक भएको छ ।अवैध आर्जन गरेको पैसा लुकाउने, देशलाई कर नतिर्ने र त्यही रकम वैदेशिक लगानीका नाममा फेरि स्वदेश भित्र्याउने यो डरलाग्दो खे

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 120 पटक पढिएको
  • कालो धन : नेता र उद्योगीको ट्याक्स हेभन मुलुकमा लगानी

    बिर्तामोड / गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानीगरेको सार्वजनिक भएपछि नेपालको राजनिती नै तरंगित बनेको छ । पत्रकारहरूको अन्तराष्ट्रिय संस्था आईसीआईजे सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर सार्वजनिक गरेका तथ्याङ्कमा कालोधन विदेश लगेर कारोबार गर्नेको सुचीमा चर्चित उद्योगी एवं कांग्रेस नेता विनोद चौधरी सहित १६ नेपाली रहेको खुलेको हो ।गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाम मात्रका कम्पनी खडा गरेर गोप्य लगानी

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 101 पटक पढिएको
  • राधेश्याम सराफ : अफशोर कम्पनीबाट लगानी गरेर हायात कब्जा

    काठमाडौँ  / नेपालका दुई ठूला ‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सराफ र उनको परिवारले शंकास्पद धन लुकाउन सजिलो मानिने मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोलेर कारोबार गरेको भेटिएको छ । याक एण्ड यती र तारागाउँ होटल रिजेन्सी लिमिटेड सञ्चालन गर्दै आएका भारतीय नागरिक सराफ, उनका दुई छोरा र श्रीमतीले अफशोर कम्पनी खडा गरी कारोबार गरेको फेला परेको हो । सराफमाथि नेपालमा पनि होटलका नाममा सरकारी जग्गालाई अनियमित रूपमा कम्पनीका नाममा दर्ता गरेको, नेपाली स्रोतमाथि अनियमित दोहन गरेको र गैरकानूनी ढंगले सरकारको शेयर हत्याएको आरोप लागेको छ । बौद्धस्थित तारागाउँ रिजेन्सी होटल परियोजना निर्माण गर्

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 108 पटक पढिएको
  • नेपाली कामदारमाथि शोषण गरिरहेको टप ग्लोभका सञ्चालकको अफशोर लगानी

    रामु सापकोटा मलेशियन पञ्जा उत्पादक कम्पनी ‘टप ग्लोभ’ले नेपाली सहित आप्रवासी कामदारमाथि श्रमशोषण गरेर नाफा कमाउने र त्यो रकम कर छल्ने नियतले खोलिएका अफशोर कम्पनीमा लगानी गरिरहेको खुलासा भएको छ ।मलेशियाको सबैभन्दा ठूलो सर्जिकल पञ्जा उत्पादक कम्पनी ‘टप ग्लोभ’ले धनकुटा छिन्ताङका युवराज खड्का (२९) लाई २३ सेप्टेम्बर २०२० मा जबरजस्ती कामबाट निकालेर नेपाल फिर्ता पठायो ।सन् २०१२ मा २० वर्षका युवराज एक जना एजेन्टलाई रु. १ लाख २० हजार बुझाएर रोजगारीका लागि मलेशिया गएका थिए । त्यहाँ उनले टप ग्लोभ कम्पनीमा काम शुरू गरे । तर कम्पनीले मलेशियाली सरकारले तोके अनुसारको तलब र अतिरिक्त समय काम गरेको थप रकम दिएन ।

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 124 पटक पढिएको
  • ३५ वर्षका किशोर अर्बका मालिक : सुनखानीदेखि रियल स्टेटसम्म शङ्कास्पद लगानी

    काठमाडौँ / नेपाली पासपोर्ट प्रयोग गरी विभिन्न देशमा झन्डै एक दर्जन कम्पनी स्थापना गरेका ३५ वर्षीय किशोर राना शङ्कास्पद कारोबारबाट अर्बका मालिक भएको देखिन्छ।प्यान्डोरा लिक्समा समावेश विवरण अनुसार सन् २०१७ मा थाइल्यान्डको सुकुम्भित रोडमा बस्दै आएका रानाले कर्ण इन्भेस्टमेन्ट लिमिटेड कम्पनी स्थापना गरेका छन्।उनले क्रिप्टो करेन्सी बिक्री गरेर आएको रकमले कर्ण इन्भेस्टमेन्ट कम्पनी खोल्ने प्रयास गरेका थिए। सिंगापुरस्थित ल फर्म एशियासिटी ट्रस्टका कर्मचारीहरूले एक आपसमा गरेको इमेल आदानप्रदान विवरण अनुसार उक्त काम मापदण्ड भन्दा बाहिरको थियो।तर किशोरले क्रिप्टो करेन्सीको कारोबार लगायतको काम गर्ने गरी २५ ज

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 215 पटक पढिएको
  • कालो धन :बिश्वका यी नेता, जस्को छ ट्याक्स हेभन मुलुकमा लगानी

    बिर्तामोड / हालसम्मै ठूलो सङ्ख्यामा चुहिएका वित्तीय दस्तावेजहरूको अध्ययनले विश्व नेता, राजनितिज्ञ र अर्बपतिहरूका गोप्य धन तथा कारोबारबारे खुलासा गरेको छ।करिब ३५ वर्तमान र पूर्वनेता तथा ३०० भन्दा बढी सार्वजनिक अधिकारीका विवरण ुप्यान्डोरा पेपर्सु नाम दिइएको देशबाहिर कर छल्ने हिसाबले स्थापना गरिएका अफशोर कम्पनीहरूका फाइलमा फेला परेको छ।ती कागजपत्रले जोर्डनका राजाले यूके र अमेरिकाका सम्पत्तिबाट सात करोड पाउन्ड गोप्य रूपमा जम्मा गरेको देखाउँछ।त्यसबाहेक पूर्वब्रिटिश प्रधानमन्त्री टोनी ब्लेयर र उनीकी श्रीमतीले लन्डनस्थित कार्यलय खरिद गर्दा सम्पत्ति खरिदसम्बन्धी करबाट ३ लाख १२ हजार पाउन्ड जोगाएको भनिए

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 138 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि

    बिर्तामोड / भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउँदै आएको आइओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । आइओसीले निगमलाई अक्टोबर १ मा मूल्यसूची पठाइसकेको छ । नेपाल आयल निगम (एनओसी)लाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । आइओसीले  निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ । आइओसीले पठाएको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३९ र डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर १२० रुपैयाँ हुन आउँछ ।आयल निगमलाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ । आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार निगमल

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 140 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा वृद्धि, प्रतितोला कति ?

    बिर्तामोड / नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य तोलाको दुई सय रुपैयाँले बढेको छ । गत शुक्रबार बजारमा सुनको मूल्य प्रतितोला ८९ हजार छ सय रुपैयाँ थियो । शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँ पुगेको र तेजाबी सुनको मूल्य आज ८९ हजार ३५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार चाँदी २० रुपैयाँले बढेर एक हजार १६० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी एक हजार १४० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 122 पटक पढिएको
  • विद्युत प्राधिकरणले अरुण –४ आयोजना आफै निर्माण गर्ने

    बिर्तामोड / नेपाल विद्युत प्राधिकरणले सङ्खुवासभामा मात्रै करिब चार हजार मेगावाट विद्युत उत्पादन गर्ने तयारी गरेको छ । प्राधिकरणले अरुण र उसका सहायक नदीमा गरी विभिन्न आठ वटा आयोजनाबाट चार हजार मेगावाट विद्युत उत्पादन गर्ने तयारी गरेको हो । प्रधिकरणले हालसालै ४९० मेगावटको अरुण –४ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ। सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माण हुने उक्त आयोजना अर्धजलाशययुक्त जलविद्युत आयोजना हो।विद्युत विकास विभागले एक वर्ष अघिनै अरुण –४ आयोजनाको क्षेत्र निर्धाणरण गरेर वातावरणीय प्रभाव मूल्याङ्कनको काम गरिरहेको छ।प्राधिकरणले संखुवासभामा १०६१ मेगावाटको माथिल्लो अरुण र ३० मेगावा

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 157 पटक पढिएको
  • बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

    बिर्तामोड / नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । हिजो (बिहीबार) ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको भाउ पनि प्रतितोलामा ९०० रुपैयाँले नै बढेर ८९ हजार १५० रुपैयाँ पुगेको छ । त्यस्तै हिजोको तुलनामा आज चाँदीको मूल्य पनि बढेको छ । हिजो १ हजार १२० रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज २० रुपैयाँले बढेर १ हजार १४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 162 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.