झापा / सरकारको निर्देशनपछि नेपाल आयल निगमले घटेको नयाँ मूल्यसूची निकालेको छ। 

सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको करबाट प्रतिलिटर पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य घटाउन निर्देशन दिएपछि नेपाल आयल निगमले घटेको नयाँ मूल्यसूची निकालेको हो।

OM Sai Pathibhara Hospital

निगमले गएराती १२ बजेदेखि लागू हुने गरी पेट्रोलको प्रति लिटर १७९ रुपैयाँ र डिजेल तथा मट्टितेलको १६३ रुपैयाँ कायम गरेको छ। तर एलपी ग्यास र हवाई इन्धन (आन्तरिक तथा बाह्य) को खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको छ।

शुक्रबार संसदीय समितिले पेट्रोलियम पदार्थमा सरकारले उठाउँदै आएको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो। त्यसपछि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो।

उक्त बैठकले जनतालाई राहत हुनेगरि पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो।