काठमाडौं  / आइतबार नाटकीय रुपमा बढेको सेयर बजारमा सोमबार भने दोहोरो अङ्कले  गिरावट आएको छ । साताको दोस्रो दिन २३.८५ ले घटेर नेप्से परिसूचक १९३३.१३ अङ्कमा झरेको हो ।

आज सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज २२९ कम्पनीको २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९४८ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

OM Sai Pathibhara Hospital

आइतबार २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४९ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । आज ४३ हजार १२२ पटकको सेयर कारोबारमा ५६ लाख ४१ हजार ५४० कित्ता कित्ता सेयर किनबेच भएको हो ।

कारोबारमा आएका १३ वटा उपसमूह मध्ये जीवन बीमा र इन्भेष्टमेन्ट बाहेकको सेयर मूल्य घटेको छ ।