काठमाडौँ / अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले २४ असारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । 

कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १०० अंकित मूल्यका १५ करोड बराबरको १५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

OM Sai Pathibhara Hospital

निष्कासन गरिने कुल सेयर मध्ये ३० हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ९५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओको निष्काशन बन्द छिटोमा असार २८ गते हुनेछ भने ढिलोमा साउन ६ गते हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।