झापा / इन्धनको मूल्य घटेसँगै सरकारले सार्वजनिक सवारीसाधनको भाडा पनि घटाएको छ । सोमबारदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो।

पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै घटेमा वा बढेमा स्वचालित प्रणाली अनुसार भाडा समायोजन गर्नु पर्ने व्यवस्था छ । 

OM Sai Pathibhara Hospital

नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागू हुने गरि पेट्रोल लिटरको २० रुपैयाँ र डिजल २९ रुपैयाँ घटाएसँगै स्वचालित रुपमा सवारीसाधनको भाडा पनि घटेको हो।

मूल्य घटेसँगै पेट्रोल १७९ रुपैयाँ लिटर र डिजल १६३ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। घटेको भाडा दुई वा सो भन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रिय रुटमा लागू हुनेछ। स्थानीय रुटमा सञ्चालन हुने रुटका लागि प्रदेश सरकारले निर्णय गर्नुपर्छ।

विभागका अनुसार पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहकमा ७.६८ प्रतिशत घटेको छ । एक प्रदेशभित्रै अर्थात् स्थानीय रुटमा भने पुरानै भाडा यथावत रहनेछ ।

यस्तो छ अन्तरप्रदेश चल्ने सवारीसाधनको नयाँ भाडादर :