काठमाडौँ / साताको दोश्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ८०० रुपैयाँ थियो ।

OM Sai Pathibhara Hospital

हिजो तोलामा १०० रुपैयाँले बढेको सुनको मूल्य आज ४०० रुपैयाँले बढेको हो । गत साताको शुक्रबार तोलामा ९७ हजार २०० रुपैयाँ रहेको छापावाल सुनको मूल्यमा हिजो १०० रुपैयाँको वृद्धि देखिएको थियो । सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि बढेको हो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ छ । हिजो तोलामा १ हजार २४५ रुपैयाँ मूल्य रहेको चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेर कारोबारमा आएको हो ।