झापा / साताको पहिलो दिन सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । 

सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य शुक्रबारको भन्दा तोलामा एक सय रुपैयाँले बढेको हो।

OM Sai Pathibhara Hospital

आज सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। गत शुक्रबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ। आइतबार प्रतितोला १२ सय ४५ रुपैयाँ भएको छ। गत शुक्रबार १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो।