झापा / चालु आर्थिक वर्षको ११ महिनामा ५ अर्ब ५१ करोड रुपैयाँ बराबरको विद्युतीय गाडी आयात भएका छन्। 

भन्सार विभागको तथ्यांक अनुसार २०७८ साउनदेखि २०७९ जेठ सम्ममा ५ अर्ब ५१ करोड रुपैयाँ बराबरको १७ सय ४ वटा विद्युतीय कार, जिप र भ्यान आयत भएका हुन् । 

OM Sai Pathibhara Hospital

नेपालमा विद्युतीय गाडीहरू चीन र भारतबाट धेरै आयात भएका छन् । पछिल्लो ११ महिनामा चीनबाट ८ सय १० र भारतबाट ६ सय ८ वटा विद्युतीय गाडी आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

यस्तै कोरियाबाट १ सय ८४ वटा गाडी आयात भएको छ भने अमेरिका, जापान र फ्रान्सबाट पनि इभी आयात भएका छन्।

गाडी प्रयोगकर्ताहरू इन्धनको मूल्य बढेसँगै विद्युतीय गाडी खरिदमा आकर्षित हुन थालेका छन्। हालसम्म नेपालको सडकमा २५ सयवटा विद्युतीय गाडीहरू चलिरहेका छन्।

सरकारले विद्युतीय गाडीको आयतबाट एक अर्ब ३६ करोडको भन्सार शुल्क उठाएको छ।