बिर्तामोड / सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपिओ) बाँडफाँट भएको छ । गत कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेको ७ लाख ३० हजार कित्ता सेयरको आईपीओ कम्पनीले आज (मंगलबार) बाँडफाँड गरेको हो । कम्पनीको आईपीओ ६७ हजार ८९० जनाले १० कित्ताका दरले पाएका छन्। बिक्री प्रबन्धक एसबीआई क्यापिटलका अनुसार सामलिङ्ग पावरको आइपिओमा २१ लाख ९८ हजार ७६४ जनाले आबेदन दिएका थिए। जस मध्ये ९ हजार ९८६ जनाको आबेदन रद्द भएको छ। सामलिङ्ग पावर कम्पनीको आईपीओ योग्य २१ लाख ८८ हजार ७७८ जना मध्ये ६७ हजार ८९० पाएका छन् । यसको मतलब अधिकतम ९६.९१ प्रतिशत आवेदकहरुको हात खाली भ
बिर्तामोड / नेपाली बजारमा आज (सोमवार) सुनको मूल्यमा वृद्धि भएको छ । स्थानीय बजारमा सुनको भाउ अघिल्लो कारोबार दिन अर्थात् आइतवारको तुलनामा १०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । छापावाला सुनको आइतबार मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो कारोबारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला १०० रुपैयाँले बढेको हो ।त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएक
काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले कोरोना प्रभावित उद्योग तथा व्यवसायका लागि राहत दिन बैङ्क तथा वित्तीय संस्थाहरूलाई पुनःर्कर्जाका लागि आवेदन दिन आह्वान गरेको छ । राष्ट्र बैङ्कले आइतबार सर्कुलर जारी गर्दै वाणिज्य बैङ्क, विकास बैङ्क, वित्तीय संस्था र लुघवित्तहरूलाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरेको हो ।बैङ्क तथा वित्तीय संस्थाले आगामी मङ्सिर १९ गतेसम्म आवेदन दिन सक्ने सर्कुलरमा उल्लेख छ । बैङ्कबाट प्राप्त हुने पुनर्कर्जा कोभिड –१९ बाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रहरूमा प्रवाहित कर्जामा उपलब्ध हुनेछ । बैङ्क तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा राष्ट्
काठमाडौँ / नेपाल राष्ट्र बैंकले रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ९१ दिन अवधिको रु १० करोड बराबरको र ३६४ दिन अवधिको रु एक अर्ब ५६ करोडको गरी कूल रु एक अर्ब ६६ करोडको टे«जरी बिल सोमबार जारी गर्न लागेको हो । बैंकले आइतबार जारी गरेको सूचनाअनुसार ९१ दिने ट्रेजरी आगामी माघ १८ गते परिपक्व हुनेछ भने ३६४ दिने ट्रेजरी २०७९ कात्तिक १५ मा परिपक्व हुनेछ । यसअघि यही कात्तिक ८ मा बैंकले रु पाँच अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गरेको
बिर्तामोड / सरकारले नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत सीईओ नियुक्तिका पदका लागि दरखास्त आव्हान गरेको छ । तत्कालीन सीईओ चन्द्रसिंह साउदले शेयर खरिद विवादमा परेर राजीनामा दिएपछि नेप्से कार्यकारी प्रमुख विहीन बोको थियो । रिक्त सीईओ पदपूर्तिका प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने भन्दै सरकारले सार्वजनिक सूचना निकाल्दै दरखास्त आह्वान गरेको हो । योग्यता पुगेकाले आजको मितिबाट १५ दिनभित्र आवेदन दिन आव्हान गरिएको छ ।
बिर्तामोड / शुक्रबार राती १२ बजेदेखि लागू हुनै गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका अनुसार शुक्रबार राती देखि पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको छ भने आन्तरिक तथा बाह्य हवाई ईन्धनको मुल्य १० रुपैयाँले बढेको छ ।काठमाडौँ (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसर भित्र)को लागि नयाँ खुद्रा विक्रि मूल्य क्रमश १३३ र ११६ तथा आन्तरिक तथा बाह्य हवाई इन्धनमा साबिकको विक्रि मूल्यमा प्रति लिटर १० रुपैयाँले वृद्धि भएको छ । त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८ सय ५३
काठमाडौं / नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहार नजिकिएसँगै बजारमा प्याजको मूल्यमा दोब्बर वृद्धि भएको छ । प्याजको मूल्य एक महिनामै दोब्बर भएको हो ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कअनुसार अघिल्लो महिनाको तुलनामा कात्तिकमा प्याजको मूल्य ८५ प्रतिशतले वृद्धि भएको हो ।कात्तिक १ गते कालिमाटी बजारमा प्याज थोक मूल्य ७५ देखि ७८ रुपियाँ तोकिएको थियो भने असोज १ गते ३९ देखि ४२ रुपियाँ प्रति किलोमा बिक्री भएको प्याज दोस्रो साता ६० रुपियाँसम्म पुगेको थियो ।कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले प्याजको मूल्यमा वृद्धि भएको बताएका छन् । उनका अनुसार
बिर्तामोड / नेपालमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले गिरावट भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहेकामा बिहीबार प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएकोे थियो ।यसैगरी आज चाँदी बिहिबारको तुलनामा प्रतितोला रु पाँच घटेर रु एक हजार २४५ कायम भएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।छापावाल सुन यो साताको मङ्गलबार अधिकतम रु ९२ हजार ६०० मा कारोबार भएको थियो । म
रौतहट / रौतहटको गरुडा नगरपालिका –४ स्थित साह ट्रेड कन्सर्नमा आगलागी भएको छ । शुक्रबार विहान साढे ४ बजे विद्युतको तार सर्ट भएर आगलागी भएको हो । २ वटा दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले आगो निभाएका थिए । आगलागीबाट १० करोड बढीको क्षति भएको रौतहटका सीडीयो कृष्ण बहादुर शाहीले जानकारी दिए ।शाहीका अनुसार आगलागी हुँदा घरसहित घरमा भएका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको छ ।
बिर्तामोड / मध्य भोटेकोशी जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) आज बाँडफाँड भएको छ । आईपीओ बाँडफाँड आज (शुक्रबार) कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको हो ।कम्पनीको उक्त आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएको छ । बाँकी २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएको छ । स्वीकृत भएको आवेदनमध्ये ८ लाख १९ हजार आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।भोटेकोशी कम्पनीले असोज २० गते देखि सर्वसाधारणका लागि आईपीओ निष्कासनमा ल्याएको थियो ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.