काठमाडौं, असार २७ शुक्रबार

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ का लागि मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । अपराह्न १२स्२० बजे नीति सार्वजनिक गरिने र त्यसपछि २ बजे पत्रकार सम्मेलन आयोजना हुने बताइएको छ ।

मौद्रिक नीतिको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजन, राष्ट्र बैंकको फेसबुक पेज र युट्युब च्यानलमार्फत हुनेछ ।

यो राष्ट्र बैंकको ५९ औं मौद्रिक नीति हो । बिहीबार साँझ बसेको सञ्चालक समितिको बैठकले नीतिमा अन्तिम सहमति जनाउँदै शुक्रबार सार्वजनिक गर्ने निर्णय गरेको हो ।

नयाँ मौद्रिक नीतिमा ब्याजदर, कर्जा प्रवाह, विदेशी मुद्राको व्यवस्थापन, तरलता स्थिति, महँगी नियन्त्रण र बैंकिङ प्रणालीको सुदृढीकरणजस्ता विषयमा मार्गदर्शन हुने अपेक्षा गरिएको छ ।

राष्ट्र बैंकको नीति घोषणाले बजारको मनोबल, सेयर बजारको अवस्था र बैंकहरूका रणनीतिमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले आम चासो रहँदै आएको छ ।