काठमाडौं । काठमाडौं महानगरपालिकाको १७औँ नगरसभा यही असार २९ गते (आइतबार) दिउँसो २ बजेका लागि बोलाइएको छ।
शुक्रबार ६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन शाहले नगरसभासम्बन्धी एउटामात्र एजेण्डा पेस गरेका थिए। उनका अनुसार नगरसभाको अधिवेशनअघि सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्नेछ।
बैठकका लागि २४ वटा एजेण्डा भए पनि औपचारिक रूपमा नगरसभा आह्वान गर्ने विषयलाई मात्रै बैठकमा राखिएको मेयर शाहले स्पष्ट पारे।
उनले भने, “एजेण्डामा २४ वटा प्रस्ताव भए पनि आज एउटा मात्र एजेण्डा राखिएको छ — नगरसभा अधिवेशन सम्बन्धी प्रस्ताव पेस गर्नु।”
अब तय गरिएको नगरसभा बैठकमार्फत काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरिनेछ।